अवसर नपाउँदा स्वरका धनी श्रम गर्दै खाडीमा


नुवाकाेट-समाजमा हजाराै प्रतिभाहरु लुकेर वसेका हुन्छन्।काेहि कतैवाट बाहिर आउछन त काेहि समस्यामा रुमलिदै गुमनाम हुन्छन्। गित संगित र नाचमा रमाउने प्रतिभाहरुलाई आफ्नाे पहिचान देखाउने ठाउँ नहुदा नैराश्यतामा रुमलिदै जिउन वाध्य हुन्छन्।
सुमधुर स्वरका यस्तै एउटा प्रतिभा गुमनाम दुवईकाे शहरमा राेजगारिका निम्ति भाैतारिरहेका छन्।

असाध्यै मिठाे स्वरका धनी निराेज नेपाली आफ्नाे आर्थिक पाटाे वलियाे वनाउनका लागि दुवई शहरमा पसिना वगाउदै छन्। विदुर नगरपालिका-५ स्थित पिपलटारमा २०५२ सालमा जन्मिएका निराेज नेपाली यस्तै एउटा प्रतिभा हुन्। जसले पैशाकै कारण आफ्नाे गित रेकर्ड गर्न सकेनन्। नेपाली भन्छन”एक वर्षसम्म काठमाडौं वसेर संगित सिक्दैगर्दा धेरै पटक रेकर्डिङकाे लागि प्रयास गरे तर कहिकतै मिलेन,सवैजना पहिले पैशा माग्थे म दिन सक्दिन थिए,जतागयाे उता पहिले पैशा यहाँ स्वर र प्रतिभाकाे हैन पैशा र पावरकाे दादागिरि चल्दाेरैछ।आफ्नाे गित रेकर्ड गर्नैकाे निम्ति अहिले विदेशि भुमिमा पसिना वगाउदै छु”।
दुवईमा रहेर पनि वेलावेलामा सामाजिक सन्जाल मार्फत गितका भिडियाेहरु सार्वजनिक गरिरहेका नेपालीकाे उदेश्य भनेकै स्वदेश फर्किएसी गायनक्षेत्रमा रमाउनु हाे। स्वर्गीय वुवा हरीवधन परीयार र आमा मन परियार नेपालीका माईलाे छाेरा हुन्।


शुक्रबार, आश्विन २३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार