मन्त्री ज्ञवालि समक्ष मागपत्र प्रस्तुत,पिपलटार देखि ढुङ्गे सम्मका जनताले मुअव्जा पाउनु पर्ने माग


नुवाकाेट-गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेसी सडक खण्ड अन्तर्गत पर्ने जग्गाकाे मुअव्जाकाे विषयमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालि समक्ष विदुरका मेयर पण्डितले आज मागपत्र पेश गर्नु भएकाे छ। नुवाकाेट र रसुवाका विभिन्न आयाेजना लगाएत केरुङ्ग -रसुवागढि नाकाकाे अनुगमन र निरिक्षणका सिलसिलामा आज नुवाकाेट सहित रसुवा भ्रमणमा आउनुभएका मन्त्री ज्ञावलिलाई आज विदुरमा गरिएकाे भेटघाट कार्यक्रममा मागपत्र प्रस्तुत गरेकाे हाे। मेयर पण्डितले आयाेजनाले अन्यत्र मुअव्जा दिदैगर्दा विदुर न पा काे पिपलटार देखि ढुङ्गे सम्मकाे जनतालाई विभिन्न कारण देखाउदै वन्चित गराउनु गलत रहेकाेले सरकारले पिपलटार देखि ढुङ्गे सम्मका सडक पिडितहरुकाे माग छिटाे सम्वाेधन हुनु पर्ने वताउनु भयाे।

कार्यक्रममा नेकपा नुवाकाेटका युवा नेता तथा कार्यालय सदस्य बुद्धि प्रधानले पिपलटार देखि ढुङ्गे सम्मका सडक पिडितहरुलाई मुअव्जा दिएर जनताका मनमा महलम लगाउनु पर्ने वताउनु भयाे। मागपत्र ग्रहण गर्दै मन्त्री ज्ञवालिले जनताका समस्यासंगै समाधानकाे उपायहरुकाे खाेजि गरि सकारात्मक पहल गर्न आफू तयार रहेकाे वताउनु भयाे।

मागपत्र मन्त्री ज्ञावालि मार्फत सम्माननिय प्रधानमन्त्री समक्ष पुर्याईने मेयर पण्डितले वताउनु भयाे।कार्यक्रममा विदुर न पा का उपमेयर गिता कुमारि दाहाल,वडा अध्यक्ष टलकमान श्रेष्ठ,आयाेजना प्रमुख नारायणदत्त भण्डारी लगाएतकाे उपस्थिति रहेकाे थियाे।


बिहीबार, आश्विन २२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार