शहिद रिमालकाे स्मृति दिवस सम्पन्न


विदुर-नुवाकाेटका जनयुद्धका महान शहिद बासुदेव रिमाल(निर्दाेस) काे १६ओै बार्षिक स्मृति दिवस तथा श्रद्धाञ्जली सभा आज माझिडाडाँमा सम्पन्न भएकाे छ। विदुर नगरपालिका-३ स्थित खड्कभञ्ज्याङका बासुदेव रिमाल(निर्दाेस) काे २०६१ साल असाेज-२१ गतेका दिन साविक तारुका गाविस-७ हाल तारकेश्वर गाउँपालिका-३ मा तत्कालिन शाही सेनाले निशष्त्र अवस्थामा गिरफ्तार गरि हत्या गरेकाे थियाे ।

महान शहिद रिमाल सानै उमेर देखि कम्युनिस्ट आन्दोलनमा सरिक हुनुभएकाे थियाे। २०१७ असार-५ गते जन्मनु भएका रिमाल २०४४/४५ देखिनै तत्कालिन माले हुँदै नेकपा एमालेकाे राजनितिमा सक्रिय हुनुहुन्थ्याे। उहाँ बहुदलीय व्यवस्थाकाे आगमन संगै २०४९ काे स्थानिय निर्वाचनमा तत्कालीन एमाले वाट खड्कभञ्ज्याङ गाविसमा उपाध्यक्ष निर्वाचित हुनु भएकाे थियाे। राजनिती संगै सामाजिक कार्यमा सक्रिय रिमाल २०५४ सालकाे स्थानिय निर्वाचनमा पुन खड्कभञ्ज्याङ गाविसमा उपाध्यक्षमा निर्वाचित हुनु भएकाे थियाे। देशमा माओवादी जनयुद्धले उचाई लिई रहेकाे अवस्था र त्यसको प्रभावले उपाध्यक्ष हुदाँ हुँदै आफ्नाे पदवाट राजिनामा दिएर जनयुद्धमा हाेमिनु भएका थिए। जनताकाे विश्वास र देशकाे परिवर्तन काे खातिर आफ्नाे पद र अवसरलाई छाेडि सुन्दर देश वनाउने अभियानमा लाग्नुभएका रिमालले आफ्नाे सपना पूरा नहुदै सहिद हुन पुगेका थिए।

शहिद बासुदेव रिमाल स्मृति संस्थाले आज विदुर-३ काे माझिडाडाँ स्थित बासु स्मृति पार्कमा स्मृतिसभा तथा श्रद्धाञ्जली कार्यक्रमकाे आयाेजना गरेकाे संस्थाका अध्यक्ष तथा शहिद पुत्र बच्चुराम रिमालले जानकारी दिनुभएकाे हाे। बागमति प्रदेश सभा सदस्य एवं नेकपा जिल्ला अध्यक्ष हिरानाथ खतिवडाकाे प्रमुख आतिथ्यता सम्पन्न भएकाे कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटी सदस्य पुष्प लामिछाने,सुभद्रा नेपाल,जिल्ला सचिवालय सदस्य तथा २ नं.क्षेत्रिय अध्यक्ष राजकुमार रेग्मी (सन्देश ), विदुर नगरपालिकाका मेयर सन्जु पण्डित,उप मेयर गिता दाहाल, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती,उपाध्यक्ष तारादेवि रिमाल,नेकपा सचिवालय सदस्य रामचन्द्र पा‌ैडेल,सम्मर आले मगर,राजेन्द्र न्याैपाने, नेकपा जिल्ला कमिटी सदस्य रामकृष्ण खड्का लगाएतका नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे श्रद्धाञ्जली सभामा बासुदेव रिमाल स्मृति संस्थाका अध्यक्ष सहिद पुत्र बच्चुराम रिमालकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे।


बुधबार, आश्विन २१ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार