अखिल एकता प्रकृयामा असन्तुष्टि , नेकपा पार्टि कमिटिलाई वुझायाे ध्यानाकर्षण पत्र


नुवाकाेट, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भातृ संगठन अनेरास्ववियु नुवाकोटमा तत्कालीन निर्वाचीत नेतृत्वलाई पाखा लगाएर जिल्ला कमिटिकाे एकता प्रकृया टुङ्गाएकाे भन्दै असन्तुष्टि चुलिएकाे छ।
अनेरास्ववियु पुर्व अखिल र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयाेजक र सहसंयाेजककाे नाममा कसैलाई सल्लाह र सम्पर्क विनै एकताकाे प्रकृया सम्पन्न भएकाे जानकारि सामाजिक सन्जालमा आएपछि यस्काे चर्काे विराेध भएकाे हाे।तत्कालीन निर्वाचित कमिटिका उपाध्यक्ष /सचिव तथा क्षेत्रिय अध्यक्षहरु तथा सचिवहरु लगाएत सदस्यहरुलाई जानकारि विना गरिएकाे यस्ता नाटकलाई संगठनकाे एकता भनी हल्ला गर्नु वेक्कार रहेकाे अनेरास्ववियुका निर्वाचित उपाध्यक्ष रुपक रिजालले वताएका छन्।अनवरत र स्वतन्त्र रुपमा संगठनकाे काममा लाग्दै गर्दाकाे एकदशक जिवनका धेरै वाधा,अड्चन र संकटहरु आए र पनि अनेरास्ववियुका तत्कालीन निर्वाचित सचिव ओम प्रकाश श्रेष्ठले तिनिहरुकाे सहज व्यवस्थापन गर्दै पार्टि र संगठनकाे लागि सवै कुरालाई पाखा लगाउदै निरन्तरकाे प्रतिफल यहि हाेला र भन्ने प्रश्न गरेका छन्?उहाँले “निर्वाचित कमिटिकाे सचिव र उपाध्यक्षले थाहै नपाउने एकता कस्ताे र कस्का लागि? जिल्ला संयाेजककाे खल्तिकाे संगठन हुन सक्छ र? पार्टि र विधान अनि विधिविनाकाे संगठनकाे कल्पना गर्न सकिन्छ र? संयाेजकले वुझ्नुपर्छ एउटै व्यक्ति कतिवटा कमिटि ओगट्न मिल्छ? सरकारि जागिर(माननियकाे स्वकिय सचिव) अनेरास्ववियु काे जिल्ला संयाेजक अनि नेकपा वेलकाेटगढि न पा कमिटिकाे सदस्य!गुट र नेताकाे पछि लाग्नेहरु पदैपद अनि संगठन वनाएर कसैकाे गुलामि नहुनेहरु सधै वाहिरै रहनु पर्ने? एक व्यक्ति एक पद कता गयाे”? आक्राेस पु्र्ण प्रश्न राख्दै श्रेष्ठले भने “अस्ति गरिएकाे एकताकाे प्रकृया गलत र अर्थहिन तथा नीति र सर्कुलरकाे विपरित भएकाेले खारेज हुनुपर्छ।व्यक्तिको खल्तिवाट विधि र विधान विना कमिटि वनाउदै हिड्ने हाे भने हामिपनि अर्काे कमिटि फेसवुकमा लेख्दिन्छाै र घाेषणा गरिदिन्छाै। के याे मान्य हुन्छ र”?

नुवाकाेटमा अखिलकाे एकतापछि आएका आक्राेस र विराेधका वारेमा जिल्ला पार्टि नेतृत्वले वेलैमा ध्यान पुर्याउन जरुरि छ।संगठनका मुलभुत सिद्दान्त र विधि कुल्चेर निर्माण हुने कमिटिहरुले पार्टि जिवनलाई राम्राे हैन हानिनै पुर्याउने कुरमा दुईमत छैन।


सोमबार, आश्विन १९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार