“क्याम्पसका अनियमितता विरुद्ध आन्दाेलनकाे आधिवेरी ल्याउछाै”- अखिल नेता भट्ट


नुवाकोट-नुवाकाेट आदर्श बहुमुखी क्याम्पसमा फेरि अनियमितता काे पर्दाफास भएकाे छ।
बट्टार स्थित नुवाकाेट क्याम्पसमा केहिवर्ष देखि विद्यार्थी र क्याम्पस प्रसासन तथा सन्चालक समिति विचकाे लडाईमा फेरि नयाँ विवाद सृर्जना भएकाे छ। क्याम्पस सन्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठकाे प्रवेस भएसंगै क्याम्पसमा विवादले उग्ररुप लिईरहेकाे छ। क्याम्पस सन्चालक समिति र क्याम्पस प्रमुखकाे मिलेमताेमा भएका धेरै अनियमितताका विरुद्ध तालावन्दि र क्याम्पस प्रवेश निषेध सहितका आन्दाेलन गरेकाे अनेरास्ववियुले विद्यार्थीकाे हरेक मुद्दामा आवाज उठाईरहेकाे सन्दर्भमा फेरि विभिन्न जालसाँचिका फेरीहिस्त सार्वजनिक भएका छन्।
क्याम्पसकाे पढनपाढन बन्द भएर विद्यार्थी लकडाउनका कारण घरमै वसेकाे समयमा कामु क्याम्पस प्रमुखले आफुले उपस्थिति हुदै नभएकाे समयकाे पनि हाजिर गरेकाे प्रमाण भेटिएकाे अनेरास्ववियुका सचिवालय सदस्य तथा क्याम्पसका लाेकप्रिय नेता प्रदिप कुमार भट्टले जानकारि दिएका छन्। निमित्त क्याम्पस प्रमुख भाेला पाण्डे भदौ-२५ गते क्याम्पसमा उपस्थिति भएका तर हाजिर भदाै-४ गतेदेखि नै गरेका नेता भट्टले वताए। गरिव तथा विपन्न परिवेशका विद्यार्थी अध्यपन गर्ने क्याम्पसमा महङ्गाे शुल्क लिएर प्राध्यापकहरुले यस्ता गैरजिम्मेवार काम गर्नु सरासर भष्टाचार भएकाे वताउदै नेता भट्टले यस्ता वेथितिकाे विरुद्ध डटेर लाग्ने वताएका छन्।
सन्चालक समिति कै अस्तित्व माथि प्रश्न उठिरहेकाे सन्दर्भमा काङ्ग्रेस र केही नेकपाका नेताहरु काठमाडौंमा विधान र समितिका विषयमा भागवण्डामा कुदिरहनुलाई आश्चर्यकाे रुपमा हेरिएकाे छ।।एकिकरणलाई प्राप्त सुचना अनुसार त्रि वि ले विधान सच्चाएर नया क्याम्पस सभा गर्न दिएकाे निर्देशन पछि काङ्ग्रेसका नेताहरु आफू अध्यक्ष लिदै केही नेकपाका नेताहरुलाई सदस्यकाे आश्वासनमा राजि वनाउने अभियानमा लागेकाे पाईएकाे छ।
विद्यार्थी नेता भट्ट भन्छन “क्याम्पसका विभिन्न विवाद र अनियमितता अनि भ्रष्टाचार काे विरुद्धमा हामी लडिरहदा काेहिकसैले आफ्नाे स्वार्थका लागि कसैसंग अवैधानिक सम्झाैता र निर्णय गर्दै हिड्ने हाे भने हामी त्यस्ता कृयाकलापका विरुद्ध पनि कडा आन्दाेलन गर्न वाध्य हुनेछाै”।


आईतवार, आश्विन १८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार