बाघखाेर जाने पक्की सडक निर्माण,मेयर खनाल द्वारा शुभारम्भ


हरि गजुरेल
बेलकाेट-नुवाकोटकाे बेलकोटगढि नगरपालिका-१० स्थित निरञ्जना देबि मन्दिर देखि बाघखोर नगरपालिकाको कार्यालय सम्म जोड्ने पक्की मोटर बाटोको मेयर खनाल द्वारा शनिवार पुजा गरि शुभारम्भ भएकाे छ। बाघखाेर भौगोलिक हिसाबले दुर्गम भएता पनि छोटो समयमा नै विकासले गति लिइएको स्थानियहरु बताउछन्। यस नगरपालिकाले विकास निर्माण कार्यलाई मुख्य प्राथमिकता दिई स-साना देखि ठुला आयोजनाहरुको निर्माण कार्यलाई समेत तिव्रता दिदै आएको स्थानियहरुकाे धारणा रहेकाे छ।बेलकोटगढी नगरपालिका कार्यालय जाने मुख्य बाटो निरन्जना बाघखोर सडक आयोजना  (धमाले  ,निरन्जना मन्दिर हुँदै बाघखोर  नगरपालिकाको कार्यालय) जोड्ने पक्की मोटर बाटोको निर्माण हुदा स्थानियहरुलाई सहज हुने बेलकाेटगढी गरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनभएकाे हाे। उहाँ भन्नू हुन्छ “करिब २२ करोड ४१ लाख ७३ हजार ८८०  रुपैया लागतमा श्री महालक्ष्मी अमृत जलुकेन्नी जे.भि. बालाजुले मिति २०७९/३/३०गते भित्र सम्पन्न गर्ने गरि सम्झौता भएको छ”।
उहाँका अनुसार ६ किलो मीटर सडकमा ५ किलोमीटर सडक ,५ मिटर चौडाई गरि ढलान गर्ने,१ मिटरको भाग पक्की नाली बन्ने र दायाँबायाँ ०.७५ ,०७५ को भागमा ग्राभेल हुनुका साथै सडक ८ मिटर कायम गरि तयार हुने नगर प्रमुख खनालले बताउनु भयो । विगतका पुस्ताले हिलाे सडककाे पिडा भोगिरहदै आएका यहाँका जनता अब  व्यवस्थित सडक बन्ने भएपछि निकै उत्साहित भएकाे समेत उहाँले बताउनुभयाे।  खनाल भन्नुहुन्छ ” म आफै कार्याकालमा नगरपालिका सम्म आउने बाटो बनाउनका लागि रातदिन तल्लिन रहन्छु, जनताले साथ सहयोग दिनुपर्छ ” ।
स्थानियस्तरमा  उत्पादन भएका बस्तुहरुको विक्री वितरणको गर्नका लागि ,आन्तरिक तथा बाहय पर्यटनलाई प्रबर्द्धन गर्नका लागि समेत सडक विस्तार हुनु जरुरी रहेकाे थियाे। उद्योग ,कलकारखाना व्यवसायिक ज्ञान सीप क्षमता अभिवृद्धि भइ व्यवसायमा लगानी समेत बड्ने हुदा जनताको जिवनस्तरमा  शिघ्र सुधार आउने अपेक्षा समेत स्थानियहरुले राखेकाे बेलकाेटगढी नगरपालिका  कार्यलयले जानकारी दिएकाे छ।


आईतवार, आश्विन १८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार