अखिल नुवाकाेटकाे एकता प्रकृया सम्पन्न,एकतासंगै विवाद चुलियाे


नुवाकोट-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नुवाकाेट जिल्ला कमिटिकाे एकता प्रकृया संगै विवाद चुलिएकाे छ।
आज विदुरकाे एक हाेटलमा सम्पन्न एकता प्रकृयामा विद्यार्थी नेताहरुलाई जानकारि र सल्लाह विना केही व्यक्तिहरुकाे उपस्थितिमा सम्पन्न गरिएकाे संगठनका नेताहरुले नै विराेध गरेका छन्।एकता पछि अखिल नुवाकाेटकाे कमिटी ६१ सदस्यीय हुने भएकाे छ। पुर्व अखिल वाट ३२ सदस्यीय र पुर्व क्रान्तिकारी वाट २८ सदस्यीय रहनेगरि टुङ्गाईएकाे अखिलका केन्द्रीय सदस्य प्रदिप शर्माले जानकारि दिए।
एकता प्रकृयामा पुर्व अखिलका उपाध्यक्ष ,सचिव लगाएतका पदाधिकारि हरुलाई खवरनै नगरि कमिटिमा नपारिएकाे भन्दै पुर्व सचिव ओमप्रकाश श्रेष्ठले आक्राेस पुर्ण स्टाटस लेख्दै।”गुटेहरुकाे पेवा र सम्पति हैन अखिल। हामि सवैकाे रगत र पसिनाले वनाएकाे संगठनमा काेहि काेठे र गुटेहरुकाे नाममा गरिएकाे प्रकृयालाई आौठेछाप लगाईन्न ,डटेर सामाना गरिन्छ”।

त्यसैगरि विद्यार्थी नेता पुरुषाेत्तम न्याैपानेले चेतावनि दिदै भनेका छन्।”भुगाेल र क्षेत्रमा वसेर संगठनकाे लागि विपक्षिहरुसंग जुद्नेहरु लाई पाखा लगाउदै आफ्ना आसेपासे लाई संगठनमा ल्याउने अखिलकाे कुन विधान र पद्दतिमा छ? हामी संगठनमा विश्वास राख्छाै तर गुटे र काेठेहरुलाई स्विकार गरिन्न”।

एकता प्रकृया संगै अखिलकाे छताछुल्ल विवाद प्रति नेकपा जिल्ला कमिटिकाे ध्यानकर्षण हुनु जरुरि देखिएकाे छ।


शनिबार, आश्विन १७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार