राष्ट्रिय युवा संघ नेपाल नुवाकाेटकाे संयाेजकमा थापा र सह-संयोजकमा बोगटी


नुवाकाेट-राष्ट्रिय युवा संघ नेपाल नुवाकाेटमा पनि एकता टुंगिएकाे छ। राष्ट्रिय युवा संघ नेपाल नुवाकोटको इन्चार्जमा सुरज लाम प्रकाश , सह- ईन्चार्जमा दिनेश आचार्य, संयोजकमा पशुपति थापा र सह-संयोजकमा दिनेश बोगटी चयन हुनु भएकोमा हाे। राष्ट्रिय युवा संघ नेपालले आफ्नो केन्द्रीय स्तरको एकता प्रक्रिया टुंगिएको जनाएको छ । असोज १४ र १५ गते संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ को अध्यक्षमा बसेको कार्यालयको बैठकले राष्ट्रिय एकता भेला र केन्द्रीय कमिटीको बैठकले दिएको म्यान्डेट अनुसार संगठनको संगठनात्मक एकताको प्रक्रिया टुङ्ग्याएको हो । लामो समयदेखि अड्किएको बा“की रहेका जिल्लाहरुको संयोजक र सह–संयोजक तोक्दै ७७ वटै जिललामा इन्चार्ज, सह-इन्चार्ज, संयोजक तथा सहसंयोजक चयन गरेको छ ।


शनिबार, आश्विन १७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार