अनुदानकाे वजेटमा हिस्सा खाेज्दै नेकपा नेता ,जग्गाधनिले सहयाेगकाे अपिल


जग्गा धनिकाे स्टाटस

नुवाकाेट-नुवाकाेटकाे विदुर ५ मा निर्माणाधिन हिमालयन शीत भण्डारणमा अनियमितता बाहिर आएकाे छ।
शीत भण्डार केही वर्ष पहिले पुर्वप्रधानमन्त्रि वावुराम भट्टराई पत्नि हिसिला यमि वाट सिलन्यास गराईएकाे भएपनि लगानिकर्ताहरु विचकाे वेमेल तथा आर्थिक समस्याले निर्माणमा ढिलाई भएकाे थियाे। यहि शितभण्डारकाे सन्चालन स्वार्थ संग जाेडिएर यसका सन्चालक माधवकुमार गजुरेल २०७४ काे निर्वाचनमा तामझामका साथ काँङ्ग्रेस प्रवेश गरेका थिए। देविघाटमा काङ्ग्रेसकाे चुनावि सभामा उधाेगपति विनाेद चाैधरिलाई साछि राखि काङ्ग्रेस जानु शितभण्डारकाे लागि आर्थिक र साझेदारि खाेज्नुनै हाे कि भन्ने आम नागरिककाे वुझाई रहेकाे थियाे। तर काँग्रेसवाट आफ्ना स्वार्थ पूरा नभएपछि यता जाउनकि उता जाउ बनेर विक्षिप्त भई हिडिरहेका थिए।
विदुर ५ का स्थानिय तथा समाजसेवि उपेन्द्र ओझाकाे व्यक्तिगत ९/१० राेपनि जमिनलाई कम्पनिकाे नाममा पास गरिएकाे उक्त शितभण्डारमा पछिल्लाे समय प्रदेश सरकारकाे १० कराेड अनुदानकाे विषयमा जग्गाधनि काे समाजिक सन्जालमा आएकाे स्टाटसले सवैलाई झस्काएका छ। निर्वाचनमा काङ्ग्रेसकाे पराजय पछि नेकपाका नेता तथा प्रदेश मानिनिय केशव पाण्डे संग नजिकिएका माधव कुमार गजुरेलले उहाँकै आडमा प्रदेश अन्तर्गतकाे अनुदान ल्याउन सफल भएकाे कुरा वहिरिएकाे थियाे। अनुदान लाई चुक्तापुजि मानेर ५०% अर्थात ५ कराेड दिनुपर्ने नेकपाका नेताहरुकाे दवाव भन्दै पिडित ओझाले सामाजिक सञ्जालमा लेख्नु लाई अर्थपुर्ण रुपमा हेरिएकाे छ।
ओझाकाे स्टाटसलाई प्रतिकृया दिदै अरु शितभण्डारका वारेमा पनि विवाद देखापरेकाे छ।

तस्विर;राजकुमार अर्याल पुत्ला

कानुन र नीति निर्माण गर्नेहरु कै संस्था वा कम्पनिलाई अनुदान पर्नु स्वभाविक नभएर पावरकाे दम्भ भन्दै ढिकुरेका किसान नेता रामप्रसाद ढकाल ले लेख्छन”आलुकाे पकेट क्षेत्र ढिकुरे अनि काेल्ड स्टाेर वन्छ गंगटे र माझिटारमा।किसानलाई प्रतक्ष्य र सिधा लाभ हुनुपर्ने अनुदानका सितभण्डारहरु प्रदेश माननियकै हुनुलाई जनताले के वुझ्ने?”
स्मरण रहाेस प्रदेश माननीय वद्रि मैनालि अध्यक्ष रहेकाे नुवाकाेट सितभण्डार प्रदेशकाे अनुदानमा निर्माण सम्पन्न भएर सन्चालनमा समेत आईसकेकाे छ।यता माझिटारकाे हिमालयन सितभण्डारमा नेकपाका नेताहरुकाे ५ कराेडकाे वार्गेनिङ भनेर आएकाे अवस्थामा वेलकाेटगढि न पा-१० मा निर्माणाधीन सितभण्डारमा पनि नेकपा कै नेताहरु ठाकुर गजुरेल,बासु कड्वाल लगाएत सम्वधित वडा अध्यक्ष पुर्ण वहादुर त्रिपाठी सहितका नेताहरुकाे लगानि रहेकाे र त्यहाँ पनि प्रदेश सरकारकै १० कराेड अनुदान परेकाे छ।


शनिबार, आश्विन १७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार