विदुर नगरपालिकाले छाडा छाेडिएका कुकुरहरुलाई बन्ध्याकरण शिविर संन्चालन सुरु गरेकाे छ।


विदुर-नुवाकोटकाे विदुर नगरपालिका भित्र अव्यस्थित रूपमा छाडा छोडिएका कुकुरहरुको अनियन्त्रित प्रजनन दरलाई नियन्त्रण गर्न नगरपालिका द्वारा NAWRC संस्था सँगको संयुक्त साझेदारीमा आज देखि कुकुर बन्ध्याकरण शिविर सञ्चालन सुरु गरेकाे छ।
विदुर नगरपालिका कार्यलयका प्रमुख सन्जु पण्डितले नगरभित्रका क्षेत्रमा छाडा छाेडिएका कुकुरहरुलाई नियन्त्रणमा लिई बन्ध्याकरण गर्ने हुँदा नगरपालिकामा सबै वडाका स्थानियहरुलाई यदि छाडा कुकुर देखिएमा खवर गर्न आग्रह गर्नुभएको छ। उहाँले साे शिविर असोज २५ गते सम्म सञ्चालनमा रहने जानकारी समेत दिभएकाे हाे। विदुर नगरपालिकाका पशु सेवा शाखा प्रमुख विष्णु रिजालका अनुसार नगर बासीहरु आफ्नो टोलमा रहेका छाडा कुकुरहरुको बन्ध्याकरणको लागि पशु सेवा शाखा सम्पर्क गर्नुहुन आग्रश गरेका छन्।


शुक्रबार, आश्विन १६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार