तारकेश्वर गाउँपालिकालाई भारतीय दुतावास द्वारा एम्बुलेन्स सहयोग


नुवाकाेट । भारतीय दुतावासले तारकेश्वर गाउँपालिका लाई सुविधा सम्पन्न एम्बुलेन्स सहयाेग गरेकाे छ । शुक्रबार भारतिय दुतावासले आधुकिन भेन्टिलेटर सहितको एम्बुलेन्स सहयोग गरेको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीले भारतीय दुतावासले एम्बुलेन्स सहयोग गरेको जानकारी दिए । दुतावासका कर्मचारीले शुक्रबार एक कार्यक्रम गरी एम्बुलेन्स गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरेको हो ।
अहिलेसम्म तारकेश्वर गाउँपालिकासंग आफनो एम्बुलेन्स थिएन । तारकेश्वर युवा कल्वद्वरा संचालित एउटा एम्बुलेन्स पनि पुरानो भैसकेको थियो । गाउँपालिका अध्यक्ष वस्तीको आग्रहमा दुतावासले एम्बुलेन्स सहयोग गरेको हो । अव कार्यविधि बनाए ग्रामिण भेगका बिरामी बोक्ने व्यवस्था मिलाइने अध्यक्ष वस्तीले बताए । दुतावासले टाटा कम्पनीको आधुनिक एम्बुलेन्स सहयोग गरेको छ ।


शुक्रबार, आश्विन १६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार