चक्र देव पाेलिक्लिनिकले जेष्ठ नागरिकहरु लाई फलफूल वितरण


नुवाकोट , नुवाकाेटकाे विदुर नगरपालिका-५ स्थित देविघाटमा रहेकाे ज्येष्ठ नागरिक आश्रम भवनमा रहेका ज्येष्ठ बृद्व, बृद्वाहरुलाई चक्र देव पाेलिक्लिनिक परिवारले फलफुल तथा पाैष्टिक आहार वितरण गरेकाे छ।
३०ओै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे उपलक्ष्यमा आज पाेलिक्लिनकले जेष्ठ नागरिक आश्रम तथा अध्ययन प्रतिष्ठानमा रहनु भएका २५ जना बृद्ध वुवा-आमा हरुलाई हर्लिक्स ,विस्कुट, फलफुल लगाएतका पा‌ैष्टिक आहार वितरण गरिएकाे पाेलिक्लिनिकका प्रवन्ध निर्देशक सुशील पण्डितले वताउनु भयाे।
अन्तराष्ट्रिजेष्ठ नागरिक दिवसकाे उपलक्ष्यमा पाेलिक्लिनक बाट उपलब्ध हुने स्वास्थ्य सेवाहरु सवै निशुल्क गरिएकाे प्रवन्ध निर्देशक पण्डितले बताउनु भयाे।
उहाँकाे अनुसार ७० वर्ष उमेर भन्दा माथिका वृद्ध वृद्वाहरुलाई क्लिनिकले स्वास्थ्य परीक्षणकालागि आवश्यक पर्ने टिकट,अल्ट्रासाउन्ड,मुटु सम्बन्धि इसिजी,प्रयाेगशाला,ऐक्सरे लगाएतका उपचारहरु निशुल्क गरिएकाे बताउनु भयाे।
विदुरमा आधुनिक र डिजिटल किसिमका मेसिन तथा उपकरणहरुहुनुका साथै दक्ष र अनुभवि चिकित्सक सेवा सहित केही वर्षदेखि चक्र देव पाेलिक्लिनकले सेवा दिईरहेकाे पनि पण्डितले जानकारी दिनभयाे।


बिहीबार, आश्विन १५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार