सामाजिक दायित्व पूरा गर्न सदैब अग्रसर चक्र देव पोलिक्लिनिक प्रा. लि.


विदर-नुवाकाेटमा रहेकाे चक्र देव पाेलिक्लिनिकले आज पर्न गएकाे ३०ओै अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसर पारेर सम्पुर्ण ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाहरुमा निशुल्क सेवा उपलब्ध गरेकाे छ।
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे उपलक्ष्यमा आज यस पाेलिक्लिनक बाट उपलब्ध स्वास्थ्य सेवाहरु सवै निशुल्क गरिएकाे पाेलिक्लिनकका प्रवन्ध निर्देशक सुशील पण्डितले जानकारी दिनु भयाे। ७० वर्ष उमेर भन्दा माथिका वृद्ध वृद्वाहरुलाई क्लिनिकले स्वास्थ्य परीक्षणकालागि आवश्यक पर्ने टिकट,अल्ट्रासाउन्ड,मुटु सम्बन्धि इसिजी,प्रयाेगशाला,ऐक्सरे लगाएतका उपचारहरु निशुल्क गरिएकाे बताउनु भयाे। उहाँले उपचार आवश्यक हुनेहरुले यस पाेलिक्लिनिकमा सम्पर्क राख्न समेत अनुराेध गर्नुभएकाे छ।
विदुरमा आधुनिक र डिजिटल किसिमका मेसिन तथा उपकरणहरुहुनुका साथै दक्ष र अनुभवि चिकित्सक सेवा सहित केही वर्षदेखि चक्र देव पाेलिक्लिनकले सेवा दिईरहेकाे पनि पण्डितले जानकारी दिनभयाे।
यस्ता हरेक दिवसकाे अवसरमा केही किसिमकाे सहयाेग गरेर आफ्नाे सामाजिक दायित्व पूरा गर्ने गरेकाे र आगामी दिनमा पनि यथष्ठ तयार रहने बताउनु भयाे।


बिहीबार, आश्विन १५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार