नेकपाका नेता राजधानिमा गुट वनाउदै,यता जनता काँङ्ग्रेस राेज्दै


नुवाकाेट-नेकपाका नेताहरुका काम र नागरिक प्रति कुनै झुकाव नभएकाे भनि असन्तुष्टि जनाउदै चाैघडाका नेकपाका सयौं कार्यकर्ता आज काँग्रेसमा प्रवेश गरेका छन्। चुनावमा गरेका बाचाहरुलाई नेकपाका नेताहरुले बिर्सिएर भाषणमा मात्रै सिमित रहेकाले उनिहरुकाे गतिविधिहरुलाई सहन नसकेका कारण फरक बिचार र पार्टीनै परिवर्तन गर्न परेकाे काँग्रेस प्रवेश गर्ने नेकपाका कार्यकर्ताहरुले आफना धारणा व्यक्त गरेका थिए। काँग्रेस प्रवेस गर्ने नेकपाका कार्यकर्ता तथा स्थानियहरुले जनताका नाममा केही राम्रा काम नल्याउने राजधानी बसेर चिल्ला गाडी चढी भाषण मात्रै गर्न आउने नेकपाका तिनैतहका नेताहरुलाई आगामी चुनाबमा देखाउने भन्दै नारा समेत लगाएका थिए।
सरकारी अनुदान नेताहरु आफैलाई कि भने आफ्ना नजिकका व्यक्तिहरुलाई पार्ने जनतालाई कुनै सुबधा नदिने नेताहरुलाई हिसाब किताव जनताले अर्काे चुनावमा दिने भन्दै आफ्ना धारणा व्यक्त गरेका छन्।
नेपाली कांग्रेस लिखु गाउँपालिका-४ स्थित चाैघडा वडा ईकाइ द्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका कार्यकर्ताहरुले नेकपा पार्टी परित्याग गर्दै नेकपाका नेताहरुले जनतालाई भन्दा पनि आफैलाई राज्यकाे ढुकुटी रित्याएकाे आराेप लगाउदै सयौंको संख्यामा नेपाली कांग्रेसमा प्रबेश गरेकाे नेपाली कांग्रेस नुवाकोटका युवा नेता एंवम महासमिति सदस्य रमेशकुमार महतले बताउनु भयाे। नेता महतका अनुसार नेकपा पार्टी प्रति चित्त दुखाई नयाँ बिचार र साेचलाई अगाडि बढाउने उदेश्यले काँग्रेस राेजि आएका युवा तथा स्थानियहरुकाे आशालाई मर्न नदिने बताउनुभयाे।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका काेषाध्यक्ष महेन्द्र थिङ्ग, नेपाली कांग्रेस क्षेत्रीय सभापति एवं लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ, महाधिवेसन प्रतिनिधि कृष्ण मिश्र ,नेता बद्रि श्रेष्ठ, तुल्सिराम राई, लक्ष्मण श्रेष्ठ, शालेन्द्र राई, महिला विभागीय सदस्य शरस्वति मल्ल श्रेष्ठ,तरुणदल जिल्ला सदस्य शैलेस श्रेष्ठ, तरुणदल गाँउ सभापति राजेन्द्र राई , वडा सभापति राम शाहा, सचिव प्रकाश राई लगाएतकाे सहभागीता रहेकाे थियाे।


मंगलवार, आश्विन १३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार