पहिरो पिडितलाई सहयाेग गर्न नेता लाेहनी र उप्रेती ध्याङफेदिमा


नुवाकाेट। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका-१ स्थित घ्याङफेदिका १ सय १५ पहिरो पीडितलाई दुप्चेश्वर गाउँपालिका र शान्ति भोलेन्टयर एसोसिएसन जापानको आर्थिक सहयोगमा सामुदायिक विकास समाज नेपाल (कार्डसन) नुवाकोटको समवन्यमा ग्यास सिलिन्डर र चुलाे साेमवार वितरण गरिएको छ।
पहिराे पिडितहरुलाई सहयाेग कार्यक्रममा नुवाकोटका पुर्व सासंद तथा नेकपा नेता समाजसेवि राजेन्द्र प्रकाश लाेहनीले पहिराे पिडितहरुका लागि सरकारकाे मात्र भर गरेर बस्न नहुने बताउभयाे। उहाँले “विपद कति खेर र कहाँ कहिले आउँछ भन्ने बिषयमा कुनै तिथि र मिति ताेकिएकाे हुदैन। जहाँ जस्लाई पनि विपद र अफ्ट्यारा परिस्थितिहरुले झेलिरहेका हुन्छन् हामी सबैले पिडितलाई सहयाेग गर्नसकियाे भने चारधाम जानै पर्दैन” उहाँले बताउनुभयाे। नेता लाेहनीका अनुसार विपदमा परेका पिडितहरुलाई जिल्लामा भएका गैरसरकारी संस्था,सहयाेगि संस्थाहरु लागएतकाे सहकार्यमा सबै स्थानिय नागरिकहरुलाई सहयाेगका लागि आव्हन गर्दै सबैले हातेमालाे गरि राहतका लागि सहयाेग गर्नुपर्ने बताउनुभयाे।
नेकपा नेता तथा समाजसेवि एवं कार्डसन नुवाकाेटका अध्यक्ष पदम उप्रेतीले पिडितका लागि आफ्नाे तर्फवाट हुने सहयाेग गर्न कहिलै पछि नहट्ने बताउदै पहिराे पिडितहरुका लागि सबैभन्दा पहिले गाँसकाे आवश्यक पर्ने भएकाले आफू र आाफ्नाे संस्था र सबै सहयाेगि संस्थाहरुवाट ग्यास चुलाे र सिलिन्डरका साथै खाध्यान्न वस्तु वितरण गरीएकाे बताउनुभयाे।
कार्यक्रममा दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिङ तामाङ, उपाध्यक्ष अञ्जु आचार्य,वडाध्यक्षहरु सुन बहादुर तामाङ र किसोर आचार्य सहभागी भएका थिए ।त्यस्तै, कार्यक्रममा नेकपा नुवाकोटका नेता बिष्णु लोहनी ,अच्युत पाण्डे, हरी गिरी,उपाध्यक्ष बच्चुमाया सुनारी लागाएतकाे सहभागिता रहेकाे थियाे।


मंगलवार, आश्विन १३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार