“फुरफुर” गितकाे सुटिङ् नुवाकाेटमा सम्पन्न


नुवाकाेट-काेभिड-१९ का कारण लकडाउनले रोकिएको फुरफुर गितको सुटिङ मङ्गलवार नुवाकाेटमा सम्पन्न भएकाे छ।
नेपाली शब्द र संस्कृति झल्काउने गित तथा म्यूजिक भिडियाेकाे सुटिङ गगटे पार्क , नुवाकोट दरवार र जिपलाईनमा सम्पन्न भएको हाे । लकडाउन पछि निस्कीएकाे चर्चित एवं भाइरल गित “ओइ गनगनका “लेखक,गायक तथा निर्देशक संगम थापाले गर्नुभएकाे छ भने गितकाे स्वर ,लय तथा शब्द गायक हरिजंग पाण्डेकाे रहेकाे छ। गायिका गंगा ठकुरी, लिप सिङगर शितल पाण्डे ,क्यामरामेन जनकराज अधिकारी, धिराज जङ्ग थापा ,रबि कार्की ,मेकअप सुधा थापा लगाएतकाे टाेलिकाे सहयाेगमा सुटिङ् सम्पन्न भएकाे गायक पाण्डेले बताउनुभयाे।
गायक पाण्डेका अनुसार नयाँ आईरहेकाे गितकाे माेड्लिङ्मा राज कुमार त्रिपाठी, निसा भट्टकाे अभिनयमा चाडैनै बजारमा आउने उहाँले बताउनुभयाे। नुवाकाटकाे बभिन्न स्थानहरुमा सम्पन्न भएकाे सुटिङकाे सल्लाहकारमा अनिल ढकाल , उपेन्द मिश्र, सहयोगी सबिन दवाडी, यातायात तथा बसोबास ब्यबस्थापक हाेटल संङ्गमका प्राेपाइटर सनम मैनालीकाे विशेष सहयोग र सपना गडेल लगाएतकाे समन्वयमा सुटिङ् सम्पन्न भएकाे पाण्डेले बताउनु भयाे।


मंगलवार, आश्विन १३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार