अनसनरत डा केसीलाई भेट्न पुगे अर्जुननरसिंह


काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी चिकित्सा क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीलाई भेट्न अनसनस्थल त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेका छन् । सो क्रममा डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै उनले उठाएको मागमा केसीले ऐक्वबद्धता जनाए । सो क्रममा बोल्न असहज हुँदाहुँदै पनि डा केसीले उपचारको नाममा आफूलाई अपहरणको शैलीमा ट्रमा सेन्टर लगिएको भन्दै आपत्ति जनाए । उनले माग पुरा नभएसम्म अनसन नतोड्ने समेत बताए । डा केसीको स्वास्थ अवस्था बुझ्न केसीको साथमा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, चिकित्सक संघका पूर्वअध्यक्ष डा केदार नरसिसिंह केसीलगायत टिचिङ अस्पताल पुगेका थिए।


बिहीबार, आश्विन ८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार