जिपि काेईराला अध्ययन प्रतिष्ठानमा सुमन भण्डारी मनाेनित


नुवाकोट -नुवाकाेटका युवा तथा समाजसेवि भण्डारी जिपि काेईराला अध्ययन केन्द्र नुवाकाेटकाे अध्यक्षमा मनाेनित भएका छन्। विदुर नगरपालिका-२ स्थित विदुरका सुमन भण्डारीलाई आज जिपि काेईराला अध्ययन केन्द्रले नुवाकाेटकाे अध्यक्ष मनाेनित गरेकाे छ। राष्ट्रियता र प्रजातन्त्रलाई सम्मान गर्दै प्रजातान्त्रिक बिचारलाई अगाडि बढाउने उदेश्य बाेकेकाे जिपि काेईराला अध्ययन केन्द्र स्वर्गीय गिरिजा प्रसाद काेईरालाकाे स्मृतिमा स्थापना गरिएकाे हाे। आम जनसमुदायलाई प्रजातान्त्रिक धारमा रहेर लाेकतन्त्रकाे रक्षाकाे लागि क्रियाशील राख्ने उदेश्यले स्थापना भएकाे याे संस्थाले ७७ जिल्लामा आफ्नाे शाखा गठन गरेकाे छ।
मनाेनित भएका अध्यक्ष सुमन भण्डारीले आफुलाई यस जिपि काेईराला अध्ययन केन्द्रकाे जिम्मेवारी दिएकाेमा नुवाकाेटका अग्रज नेताहलाई धन्यावाद दिदै जिपि कोईराला फाउन्डेसन मार्फत राष्ट्रियता प्रजातन्त्र र समाजबादलाई स्थानिय स्तरवाटै समाज परिवर्तन गर्ने अभियान लाई जिल्लाभरि प्रचार प्रसार गर्न आफू सधै तल्लिन रहने बताउनु भयाे।


बिहीबार, आश्विन ८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार