एक विध्यालय एक नर्स कार्यक्रम, विदुरकाे चन्द्रज्याेति र महेन्द्र मा वि छनाैट


विदुर-एक विधालय एक नर्स कार्यक्रम विस्तारका लागि विदुर नगरपालिका भित्रका दुई विधालय छनाेट भएका छन् ।बागमति प्रदेश भित्रका स्थानियतहमा एक विधालय एक नर्स कार्यक्रम सन्चालन कार्यविधि २०७६ मा उल्लेख गरिएकाे मापदण्ड बमाेजिम स्थानियतह बाट छनाेट तथा सिफारिस भई आएका बिधालयहरुकाे सामाजिक विकास मन्त्रालयकाे यहि असाेज-६ गते मन्त्रीस्तरकाे निर्णयले छनाेट गरेकाे हाे। वागमति प्रदेशका प्रत्येक पालिका लाई २ वटा काेटा निर्धारण गरिएकाेमा विदुर न पा भित्रका २ विध्यालय वाड नं. -५ स्थित पिपलटारकाे चन्द्रज्याेति माध्यमिक बिधालय र वाड नं. -१२ काे महेन्द्र माध्यमिक विधालय छनाेट भएकाे विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले बताउनुभयाे।
मेयर पण्डीतका अनुसार न पा भित्रका घेरै विध्यालयहरुले प्रस्तावना गरेका थिए हामिले विदुर ५ मा रहेकाे चन्द्रज्याेतिमा जनजाति र कुमाल समुदायका धेरै वालवच्चाहरु पढ्छन उनिहरुकाे स्वस्थ्यमा पनि याे कार्यक्रमले सुधार आउँछ भन्ने हेतुले यस विध्यालय छनाैट गरेका बताउनुभयाे। त्यसैगरि चन्द्रज्याेति मा वि का प्रअ माेतिराम न्याैपानेले हामिले न पा मा गरेकाे प्रस्ताव लाई स्वीकृत गरि प्रदेशमा सिफारिस गरि दिनुहुने न पा मेयर र कार्यालय प्रति कृतज्ञता व्यक्त गरेका छन्। “हाम्राे भुगाेल र यहाँका विध्यार्थीकाे लागि पनि नर्सकाे आवश्यक्ता थियाे।हामी खुसि छाै प्रदेश मन्त्री र मन्त्रालय प्रति हामी धन्यवाद दिन चाहन्छाै”।
छनाेट भएका विध्यालय विशेष गरि जनजातिहरुकाे वाहुल्यता रहेका र दलित छात्र, छात्रालाई लक्षित गर्दै वालवालिकाकाे स्वास्थ्यमा सहयाेग पुर्याउने हेतुले प्रदेश मन्त्रालयले एक विघ्यालय एक नर्स कार्यक्रम सन्चालनमा ल्याएकाे हाे।


बिहीबार, आश्विन ८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार