म्यागङ गापाले वितरण गरेकाे ओैषधीकाे असर गर्भवती महिलामा भएकाे पिडित परिवारकाे आशंका,एक शिशुकाे मृत्यु


नुवाकाेट-नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयकाे कुहिएको तथा सडेगलेको औषधि सेवन गरेपछि ३६ जना गर्ववती महिलाहरुलाई असर गरेकाे भन्ने गर्भवती महिलाहरुका परिवारले आशंका गरेका छन्।
म्यागङ गाउँपालिका-३ स्थित सिउरिनि भञ्ज्याङकाे देउराली प्राथमिक स्वास्थ्य केन्द्रले स्टाेर गरिराखेकाे ओैषधि कुहिएकाे भन्दै गत भदाै-२५ गतेका दिन स्थानियहरुले स्वास्थ्य केन्द्र र गाउँपालिकाकाे विराेधमा नारा जुलुस लगाई गाउँपालिका घेराउ समेत गरेका थिए।
कुहिएको र सडेगलेका ओैषधीकाे विषयमा जिल्ला प्रशासन कार्यालयले छानविन समिति समेत बनाई अनुसन्धान गरिरहेकाे छ। छानविन समितिले स्थलगत अनुगमन सहित प्रमुख जिल्ला अधिकारी लाई प्रतिवेदन वुझाएकाे छ।सडेगलेकाे र विग्रिएकाे ओैषधिकाे सम्वन्धमा प्रयाेगशा पढाईएकाे र रिर्पाेट आएपछि मात्र थाहा हुने हुनाले काठमाडौंकाे प्रयाेगशालामा नमुना पठाईएकाे जानकारि आएकाे सराेकारवाला स्थानिय काजिमान डंगाेलले जानकारी दिनुभयाे। डंगाेलका अनुसार साेही स्वास्थ्य केन्द्रले वितरण गरेकाे ओैषधि र क्याल्सियम गर्भवती महिलाहरुले खाएपछि समस्या आएकाे आशंका गरिएकाे बताउनुभयाे। उहाँले गर्भवती महिला ३६ जना मध्ये ३ जना महिलाकाे ९ महिना पूरा भएपछि शिशुको जन्म हनुपर्नेमा ८ महिनामै शिशुकाे जन्महुँदा एक शिशुको मृत्यु समेत भएकाे जानकारी दिनुभयाे।
एकै पटक समय नपुगि गर्भवति महिलाहरुकाे शिशु जन्मिने क्रम चलेकाे हुँदा सडेगलेकाे ओैषधिकै प्रभाव पाे हाे कि भनी आशंका गरिएकाे पनि डंगाेलले बताउनु भयाे। शिशुको मृत्युकाे विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकाेटमा छानविनकाे माग गर्दै मृतकका परिवारले प्रहरी कार्यलयमा जानकारी दिएकाे तथा शिशुकाे पाेष्टमार्टमकाे लागि काठमाडौं पठाईएकाे पनि जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएकाे छ।


बुधबार, आश्विन ७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार