क्यान्सर पिडित बि.क लाई नेकपाका नेता द्वारा रकम हस्तान्तरण


नुवाकाेट- नेकपा जिल्ला कमिटि सदस्य तथा तत्कालिन एमाले भद्रुटार गाउँ कमिटि अध्यक्ष क्यान्सर पिडित विन्दा बि.क काे सहयाेगका लागि रकम जम्मा हुने क्रम जारि रहेकाे छ।
आज नेकपा नुवाकाेट कार्यालय सदस्य युवानेता बुद्धि प्रधान ,विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, उपमेयर गिता कुमारी दाहाल लगाएतका नेता तथा कार्यकर्ताहरुले क्यानसर पिडित बि.क काे घरमा पुगेर स्वास्थ्य अवस्था वुझि आर्थिक सहायता प्रदान गरेका हुन। जनता र कार्यकर्ताकाे हरेक सुखदुखमा सधै साथदिनु हुने नेता प्रधान र मेयर पण्डितले व्यक्तिगत रुपमा साथिभाई लगाएतहरुसंग जम्मा गरेकाे ५६ हजार ६५०/ नगद बि.क का छाेरा सराेज बिकलाई हस्तान्तरण गरेका छन। त्यसैगरि कार्डसन नुवाकाेटका अध्यक्ष पदम उप्रेतीकाे नेतृत्वमा सामुहिक रुपमा संस्थाकाे तर्फवाट ८५०००/ नगद सहयाेग रकम समेत हस्तान्तरण गरेका छन्। विन्दा बि.क काे सहयाेग अभियान रामनाथ खनालले चलाउदै गर्दा पहिलाै नगद रु.५०००/ सहित एकीकरण अनलाईनले समाचार प्रकासित गरेकाे थियाे। सहयाेग र।रकम हस्तान्तरण गर्न गएका सबैले पिडित बि. क काे स्वास्थ्य लाभकाे कामना समेत व्यक्त गरेका छन्।


मंगलवार, आश्विन ६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार