नुवाकाेटका इन्स्पेक्टर फुयाँल लैनचाैर जादै,ढकाल आउदै


नुवाकाेट-जिल्ला प्रहरी कार्यलय नुवाकाेटमा महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) ढकालकाे दरबन्दी भएकाे छ भने साेही कार्यलयका फुयाँल लैनचौर जाँदै छन्।
प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो । सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नुवाकाेटका प्रहरी नपरीक्षक बिष्णुहरि फुयाँल केही बर्षदेखि अपराध अनुसन्धान शाखा अधिकृत भई काम गर्दै आईरहेका थिए। प्रनि फुयाँलकाे हालकाे दरबन्दी महानगरीय ट्राफिक प्रहरी वृत लैनचाैर काठमाडौंमा सरुवा भएकाे छ। जिल्लामा रहेर अपराध अनुसन्धानमा अहाेरात खटिएदै पिडितलाई न्याय दिने काममा राम्राे छवि बनाएका फुयाँलले प्रतिवादीहरुलाई मुद्वा दर्ता गरि अनुसन्धान गर्न कुनै समय खेर नफालि पिडितका पक्षमा काम गरिरहेका थिए। उहाँले अपराधिक क्रियाकलाप र बिभिन्न अपराधमा समंलग्नता भएका प्रतिवादीहरुलाई खाेजि,खाेजि मुद्वा दर्ता गरि अदालतमा पेश गरेका धेरै उदारणीय कामहरु जिल्लामा बसेर गरेका छन्। न्यायलयकाे ढाेका ढकढक्याउने पिडितहरुलाई प्रहरीले कानुनकाे दायरामा रहेर सहजिकरण र प्रहरी प्रतिकाे जनमानसमा बिश्वास दिलाउने काम गर्नु पर्ने बिचार लिगी अगाडि बढेका फुयाँलकाे नुवाकाेटका आम-नागरिकहरुले खुलेरै प्रशंसा गर्ने गरेका छन्।
सरुवाभई आउने प्रहरी निरीक्षक ललिता ढकाल प्रहरी प्रधान कार्यलय जगेडापुल,नक्साल काठमाडौंवाट नुवाकाेटमा दरबन्दी भई आउने भएका छन्।


मंगलवार, आश्विन ६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार