युनियन संघ जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा भुसाल


विदुर-नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा पुन निलमकुमार भुसाल चयन हुनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन संघमा आवद्ध भएका कर्मचारीहरुको बैठकले भुसाललाई पुन अध्यक्षको जिम्मेवारी दिइएको हो ।
संघको उपाध्यक्षमा सानुकुमार कार्की र सबिता दाहाल, सचिबमा जनार्दन शर्मा, सहसचिबमा महेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा लोकनाथ न्यौपाने रहनुभएको छ । यस्तै, सदस्यहरुमा बिनय पौडेल, प्रमिला आचार्य, रनुका श्रेष्ठ, शालिकप्रसाद अधिकारी, दलबहादुर घले, सन्दिप तिवारी, टेकबहादुर अधिकारी, भानुभक्त रेग्मी, सोमबहादुर घले, सुरेश सिटौला र शिब गजुरेल रहनुभएको छ ।


मंगलवार, आश्विन ६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार