स्थानियतहका जनप्रतिनिधिहरुले जनताका लागि काम गरेका छन् नेकपा नेता प्रधान


नुवाकाेट-जनताकाे आवस्यकता र विकास निर्माणका कामहरुकाे लागि पनि ढुङ्गा, गिट्टी, बालुवाकाे सहजता गर्नु अपरिहार्य भएकाे नुवाकाेट नेकपाका नेता बुद्धि प्रधानले बताउनु भएकाे छ।
नेता प्रधानले एकीकरण संग कुरा गर्दै नगर ,जिल्ला र समग्र विकासका परियाेजनाहरुकाे सफलताकाे लागि अतिआवस्यक निर्माण सामग्रिहरु सहज हुनु पर्ने बताउनु भयाे। नेता प्रधानले व्यवहारिक र आम जनताकाे चासाे र सराेकारलाई शिराेधार्य गर्दै कानुनी जटिलताकाे पाटाेमा स्थानिय सरकारले सहजिकरण गर्नु पर्ने बताउनु भयाे। संघिय सरकारकाे यहि साउन ५ गतेकाे मन्त्रीपरिषदकाे निर्णयलाई आधार बनाएर स्थानिय तहले हाल सन्चालित नदिजन्य पदार्थका उधाेगहरुलाई १ वर्षभित्रमा मापदण्ड पूरा हुनेगरि स्थानतरण गर्ने र नमान्ने उधाेगहरुलाई दर्ता खारेजिकाे लागि सम्वन्धित ठाउँमा सिफारिस गर्ने भन्ने आधारलाई जनताकाे पक्षमा लाग्नु पर्ने गरि कार्यसम्पादन गर्न जरुरि रहेकाे पनि प्रधानले वताउनु भयाे। स्थानिय सरकारले यहि नदिजन्य पदार्थको विक्रि कर भनी कराेडाै रुपैयाँकाे ठेक्का निकाल्ने तर सवै कुरामा प्रशासनले दुख दिदा करमा समेत असर पर्ने देखिएकाले समग्र विकास र समृद्धिकाे आधार पूरा गर्न पनि यस्ता उधाेगहरु खुल्न र अझै थप्न जरुरी रहेकाे नेता प्रधानले बताउनु भयाे।


मंगलवार, आश्विन ६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार