कानुनी मापदण्डमा रहि खुल्नेभयाे क्रसर


नुवाकाेट- नुवाकाेटमा ताला लागाईएका क्रसरहरु पुन संचालनमा आउने निर्णय भएकाे छ।
जिल्ला समन्वय समिति नुवाकाेटका प्रमुख सन्तमान तामाङकाे अध्यक्षतामा आज बसेकाे समन्वयात्मक बैठकले नदिजन्य तथा खानिजन्य पदार्थहरुकाे उत्खनन् संकलन एवं उपयाेग सम्बन्धमा बभिन्न निर्णयहरु गरेकाे छ। नेपाल सरकार मन्त्रीपरिषदबाट यहि साउन-५ गते स्वीकृत भै जारी भएकाे “ढुङ्गा ,गिट्टी ,बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड-२०७७” छलफल भएकाे छ भने निर्णय प्रचलित कानुनकाे परिधि भित्ररही राजस्व तिरी नदिजन्य तथा खानिजन्य श्राेतहरु उत्खनन् र ओसारपसार गर्न चाहने व्यक्ति वा फर्मलाई स्थानियतहकाे कानुन बमोजिम उत्खनन् र ओसारपसारकाे व्यवस्था मिलाउने निर्णय गरीएकाे जिसस प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयाे।
बागमति प्रदेश सासंद हिरानाथ खतिवडाले जनताकाे हितमा काम गर्न सबैलाई आग्रह गर्दै स्थानियतहमा रहेका नदिजन्य पदार्थकाे उत्खनन् र बिक्री गर्ने अधिकार स्थानियतह लाई छ ।यसमा हस्तक्षेप नगर्न प्रशासनलाई अनुराेध गरेका छन्।
विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले स्थानियहरुकाे आफ्नाे क्षेत्राधिकार भित्र रहेका नदिजन्य पदार्थलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा जनप्रतिनिधिहरु सजग छन।कानुनकाे दायरामा रहि सञ्चालन गर्ने /नगर्ने अधिकार स्थानिय सरकारलाई छ।प्रशासन र प्रहरीले यसमा हस्तक्षेप नगर्न आग्रह गर्नुभएकाे छ। उहाँले स्थानिय जनताकाे निजि निर्माण कार्य र नगरकाे विकासका लागि साथै राज्यकाे पुनर्निर्माणका कामहरुलाईआवस्यक नदिजन्य पदार्थको व्यवस्थापनकाे लागि सहजिकरण गर्नका लागि सधै तयार रहेकाे वताउनुभयाे।लिखु गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठले स्थानियतह आफै एउटा कानुन र अदालत हाे यसमा प्रहरी र प्रशासनले एकलाैटीरुपमा हस्तक्षप गरीरहेकाे बताउनु भयाे। उहाँले जनताले आफ्नाे बिहान बेलुका छाक टार्नकै लागि बर्खाकाे भेल र बाडी समेत नभनि साबेलकाे प्रयाेगगरि बालुवा निकाली बेच्दा समेत प्रहरीले लाठी बर्षाउने, लखट्ने समाएर थुनामा राख्ने याे प्रहरीकाे दादागिरी र प्रशासनले आफ्नाे अधिकारकाे दुरुपयोग गरेकाे भन्दै आक्राेस व्यक्त गर्नुभएकाे छ।

तादी गाउँपालिका अध्यक्ष नारायण पाण्डेले स्थानियहरुले भुकम्पकाे अझै घर बनाईसकेका छैनन् अब बालुवा र क्रसरहरु बन्द गरेपछि जनतालाई सुबिधा कसरी प्रदान भयाे भन्ने प्रश्न गर्दै बालुवा, गिट्टी र ढुङ्गा माग्ने जनतालाई नुवाकोटकाे प्रहरी र सिडियाे कार्यालय पठाउनु काे विकल्प छैन भन्दै सिडियाे साप ले आपुर्ति गरिदिने हाे र भन्दै प्रश्न गर्नुभयाे।
केहिदिनवाट बहसमा आएकाे क्रसर र बालुवाका विवादका विषयमा छलफल र निकास दिने सम्वन्धमा जिल्ला भित्रका १२ स्थानिय तहका प्रमुख ,उपप्रमुख लगाएत प्रमुख जिल्ला अधिकारी ,प्रहरी प्रमुख ,शशस्त्र प्रहरीवल सहितकाे राजनितिक दलका प्रतिनिधि समेतकाे सम्मिलित बैठकले स्थानियतहरुले वातावरणीय अध्यन गराई नदिजन्य पदार्थ उत्खनन् र ओसार प्रसार गर्ने कामकाे लागि सहजिकरण र अनुमति समेत दिनसक्ने निर्णय गरेकाे हाे। केहिदिन पहिले प्रमुख जिल्ला अधिकारीकाे एकल निर्णयमा अनुगमन समितिका नाममा विभिन्न क्रसर उधाेगमा गरिएकाे सिल र लगाएकाे ताल्चा खाेलि क्रसर सन्चालन हुने निर्णय पनि गरिएकाे छ। जिल्ला अनुगमन समितिकाे अध्यक्ष जिसस प्रमुख रहेने कुराकाे ज्ञान हुदाहुदै प्रजिअ झंकनाथ ढकालले राजनितिक पहुचकाे आधारमा आफै सवथाेक झै गरि सवै क्रसर ताला लगाउदै हिडेका थिए। नुवाकाेट जिल्लामा सहसचिव स्तरकाे प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था हुदाहुदै केही नेताहरुकाे फेराे समाएर उपसचिव झंकनाथ ढकाल प्रमुख जिल्ला अधिकारि बन्दै नुवाकोट आउन सफल भएकाे स्थानियहरुकाे भनाई रहेकाे छ।

स्थानिय सरकार र जिल्ला समन्वय समितालाई बेवस्ता गर्दै हुकुमि शासन चलाउन खाेज्ने प्रजिअ पहिलाे पाईलामा चिप्लिएका छन्।जनता र स्थानिय सरकारका विकास निर्माणमा अत्यावश्यक निर्माण सामाग्रीकाे बिना विकल्प बन्दगर्ने निर्णयकाे सर्वत्र विराेध रहेकाे अवस्थामा आज सवै स्थानियतहका जनप्रतिनिधिहरुले सर्वसम्मतरुपमा सहजिकरण र अनुगमन गर्ने निर्णय गरेका छन्।
बैठकमा तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्ती, पन्चकन्या गापाका अध्यक्ष रमेश तामाङ , ककनी गापाका अध्यक्ष र उपाध्यक्ष,सुर्यगढी गापा उपाध्यक्ष,किस्पाङ गापा छत्र तामाङ, म्यागङ गापा अध्यक्ष आशा तामाङ,बेलकाेटगढी नगरपालिका मेयर राजेन्द्र रमण खनाल,दुप्चेश्वर गापा अध्यक्ष याेगेन्द्रसिङ तामाङ नेकपाका नेता बुद्वी प्रधान, नेपाली काँग्रेसका नेता राजु थापा लगाएतकाे उपस्थितिमा बैठक सम्पन्न भएकाे थियाे।


मंगलवार, आश्विन ६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार