वडा अध्यक्ष लेलिन रंजितद्वारा सरसफाई सामाग्री हस्तान्तरण


विदुर- छैठौं संविधान दिवसको अवसरमा विदुर नगरपालिका वडा नं १ का वडाध्यक्ष लेलिन रंजितले त्रिशुली सामाजिक क्लबलाई सर-सफाई गर्नको लागि आवस्यक सामाग्रीहरु हस्तान्तरण गर्नु भएकाे छ।
त्रिशुली सामाजिक क्लबका र त्रिशुली बजारका स्थानीय युवाहरुको नेतृत्वमा कोभिड १९ कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रमका साथै “घर आगन सफा राखौ, कोरोना जस्ता भाइरस लाइ तर्साई भगाउ” भन्ने मुल नाराका साथ सर-सफाई कार्यक्रम गरिएकाे विदुर-१ का वडा अध्यक्ष लेलिन रंजितले जानकारी दिनुभयाे। वडा अध्यक्ष रंजितले आफनाे स्थानिय युवा र स्थानियवासिहरुकाे समन्वयमा आफनाे वडामा सरसफाई तथा जनचेतना मुलक कार्यक्रम गर्नु धरै राम्राे रहेकाे बताउनु भयाे। उहाँले आफ्नाे तर्फवाट केही सहयाेग गर्न पाउँदा आफू हर्षित रहेकाे समेत व्यक्त गर्नुभयाे।
त्रिशुली सामाजिक क्लवका अध्यक्ष नरेन्द्र अमात्यले रोग बाट बच्न सामाजिक दुरि कायम गरौ र अनिवार्य रुपमा माक्सको प्रयोग गरि आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने संदेश समेत दिनुभएकाे थियाे। त्रिशुली सामाजिक क्लब आयोजक भएकाे साे कार्यक्रममा त्रिशुली बजार लागाएतका स्थानहरुमा वाडा अध्यक्ष, क्लवका प्रतिनिधि,स्थानियवासी लगाएतकाे सहभागिता र सहयोगमा सरसाफाई समेत गरिएकाे अमात्यले बताउनु भयो ।


शनिबार, आश्विन ३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार