जनताकाे काम गर्न पाउँदा खुशि छु, षडयन्त्र र झुटका खेति गर्नेहरु आफै हार्नेछन-मेयर पण्डित


नुवाकाेट-बिदुर नगरपालिका कार्यलय प्रमुख सञ्जु पण्डितले जनताकालागि विकासमुखि काम गर्न खाेज्दा बिराेधी तत्वहरु सलबलाउने र काममा बाधापुराउन खाेज्नेलाई जनताले पक्कै जवाफ दिने बताउनु भएकाे छ। विदुरका आमनागरिकहरुका लागि आफुले सक्ने सबै विकासका कामहरु गरिरहदाँ पनि बिराेधी कसैले, कसैलाई प्रयाेग गरी बिराेध गर्न लगाउनु लाजमर्नु रहेकाे बताउनुभयाे।
प्रमुख पण्डितका अनुसार नगरपालिका भित्र जनताकालागि दिनरात नभनि खटिदा र नागरिकका समस्याहरु समाधान गरिरहदाँ पनि दुईचार जना अनविज्ञहरुलाई उचाली सामाजिक संजाल र अनलाईनलाई लेख्न लगाउने लाजका पसाराेहरुलाई नागरिकहरु आफैले उनिहरुलाई सवाल अनुसार जवाफकाे दरिलाे झापड दिईसकेकाे बताउभयाे। पण्डितले आफ्नै पार्टि भित्रका नेताहरु आफुलाई विवादित वनाएर जनताकाे नजरमा नराम्राे देखाउने प्रपञ्चमा लागेकाे वताउनु भएकाे छ।
स्थानिय चुनावका वेला जनताकाे घरमा पुगेर गरेका वाचा र आश्वाशनलाई पूरा गर्न दिनरात जनताकाे सेवामा लागिरहेकाे देखेर केही मान्छेहरु अनेक प्रपन्च रच्नैमा व्यस्त रहदै काल्पनिक विषयमा अनर्गल प्रचारमा लागेकाे भन्दै उहाँले असन्तुष्टि जनाउनु भएकाे हाे। मेयर पण्डितले विपक्षिहरुले समेत तारिफ र राम्राे भनेका कुरामा बिना प्रमाण आफ्नै दलका नेताहरुले कामनै गर्न नसक्ने गरि असहाेग गरेकाे वताउनु भयाे। एकिकरणकाे प्रश्नमा मेयर पण्डितले हामी जनताकाे सेवा सुविधा र नगरकाे विकासकाे लागि खटिरहेका छाै,जनताकाे दुखसुखमा हातेमालाे गर्दै विकासका लक्ष्यमा पुग्ने प्रयासमा छाै,आर्थिक रुपमा सबल नगर वनाउने काममा हामी व्यस्त छाै। भ्रष्टाचार र कमिसनकाे शून्य सहनशिलता राख्दै काेहि कसैसंग कुनै कुराकाे सम्झाैता नगरि शुसासनकाे दिशामा लाग्दा केही सहयात्रीहरुले सत्रुझै व्यवहार गर्दा निराशा लागेकाे वताउनु भयाे। आफ्नै दलका नेताहरुकाे पदिय मर्यादा भुलेर जथाभावि अभिव्यक्ति सार्वजनिक भएकाेमा सार्है दुख लागेकाे पण्डितले वताउनु भयाे।
नयाँ गाडि किन्न छुट्टाएकाे पैशालाई रकमान्तर गरि विदुर ४ र २ वडाका जनताले पिउने खानेपानिमा गरेकाे लगानिलाई भ्रमपुर्ण प्रचारप्रसार गरि अनावश्यक विवादमा तान्ने केही व्यक्ति र संन्चार माध्यम प्रति प्रश्न गर्दै मेयर पण्डित भन्नुहुन्छ “विदुरका जनतालाई पानी खुवाउनु के अपराध गरेकै हाे त?करिव १ कराेड २८ लाख लागतमा सम्पन्न वैकल्पिक खानेपानि याेजनालाई करिव ४१ लाख भुक्तानि दिएर नगरपालिकाले नाजायज काम गरेकै हाे त?संघिय माननीय नारायण प्रसाद खतिवडा काे पुर्वाधार विकास कार्यक्रमकाे वजेटमा श्राेतभर्ना दिनेगरि गरि न पाले याे महामारिमा काेभिड १९ काे लागि पिसिआर मेसिन खरिद गर्नु मेयरकाे गल्ति नै हाे र?विदुर लगाएत समग्र जिल्ला र रसुवा साथै धादिङका जनताकाे लागि प्रयाेगमा आउने मेसिन ल्याउने निर्णय देखिनै विवाद निकाल्दै केही नेता तथा सन्चार माध्यमले अराजनीतिक व्यवहार गरेकाे प्रति मेयर पण्डितले आपत्ति जनाए।
पिसिआर मेसिन खरिदमा पहिलाे कम मुल्यमा ल्याउने फर्म लाई नदिएर किन चाैथाे लाई स्वीकृत गरेकाे नि नगरपालिकाले भन्ने एकीकरणकाे प्रश्नमा मेयर पण्डित भन्नुहुन्छ, “हामीले धेरै स्वास्थ्य विज्ञहरु संगकाे छलफल र सुझावकाे आधारमा मेसिन खरिदकाे वाेलपत्र निकालेका हाै। वायाेमेडिकल ईन्जिनियरिङले प्रमाणित गरेर Specification अनुरुप UNFDA र EUROPEAN UNION काे मापदण्ड पूरा भएकाे ISO सर्टिफाईड गरेकाे हुनुपर्ने शर्तहरु पूरा नगरेकाे कम रेट हाल्ने ३ वटा फर्महरु अस्विकृत भएका हुन। नगरपालिकाकाे टेन्डर BOQ मा रहेकाे टेक्निकल स्पेसिफिकेशन अनुरुप नभएकाे जसले गर्दा माग वमाेजिम मापदण्ड पूरा नभएकाे कमसल सामान आउने सुनिश्चितता भएकाेले हामिले मापदण्ड पुर्याउने फर्मलाई स्वीकृत गरेका हाै। हामी जनताकाे स्वास्थ्य संग सजक छाै। राम्राे मेसिन खरिद गर्ने हाम्राे उदेश्य लाई नवुझि हल्लाकाे भरमा हाम्रा विरुद्ध काठमाडौं वसेर कथित प्रपन्च रचिदै गर्दा यथार्थमा यहाँ जनताले वुझेका छन हामी त्यसमै खुशि छाै।
अर्काे एक प्रश्नमा मेयर पण्डितले “विदुर न पा मा नेकपाकाे वहुमत रहेकाेले सवैकामकाे दाेष र गुणका आधारमा भाेलि जनताले मुल्यांकन गर्नेनै छन ,मलाई पदकाे कुनै लाेभ नै छैन पार्टिले चाहन्छ र मेराे कमजाेरि अनि अनियमितता प्रमाणित हुन्छ भने एकमिनेट पनि पदमा रहनु छैन तर अरुकाे मानमर्दन हुने गरि गुटगत र काेठे वैठकगरि अनावश्यक हल्ला फिजाउने हरुलाई पनि सजग रहन र मुकाविला गर्न चुनाैति दिन्छु”। “काम र कर्म प्रति विश्वाश राख्दै जनताकाे मन जित्ने प्रतिस्पर्धामा आफू जहिले उभिन तयार रहेकाे छु राजनितिमा आउने मुख्य उदेश्य नै बाकिजीवन जनताहरुमा समर्पित गर्नु नै हाे” उहाँले बताउभयाे। जनताको कामगर्दै गर्दा मनोबल गिराउने गरी, सामाजिक मर्यादा खस्कने गरी नियोजित रुपमा काठमाण्डौमा बसेका केहि र नगरपालिकामै चुनाब हारेका केहि नेकपाका नेताहरुकाे षडयन्त्र सफल नहुने उहाँले बताउनु भयो ।
भुगाेल र क्षेत्रमा जनताका सुखदुख वुझ्नेले नै भावना पनि वुझेका हुन्छन । कामगर्दा कहि कतै अपठ्याराे र असमझदारि हुनसक्छ कामै नगर्नेलाई त के हुन्छ र? हामी सधै जनतासंगै छाै ,सुखदुख साटेर दैनिक भेटघाट र भालाकुसारिमा रमाउदै गर्दा कहिले काहिँ आउने र उतै वाट कथा वुन्नेहरुकाे भ्रम र झुट एकदिन पर्दाफास हुन्छ सत्य आखिर सत्य नै हुन्छ भलै केही समय कुर्नु पर्ला भन्दै नगरवासिलाई ढुक्क रहन आग्रर्ह समेत गरेका छन्।


बिहीबार, आश्विन १ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार