नेकपा बेलकाेटगढी नगर कमिटीकाे सपथगह्रण सम्पन्न


बेलकाेटगढी-नेपाल कम्युिनष्ट पार्टी नेकपा बेलकाेटगढी नगर कमिटीकाे शपथग्रहण कार्यक्रम आज सम्पन्न भएकाे छ। काेभिड-१९ संक्रमणकाे कारणले राेकिएकाे शपथग्रहण कार्यक्रमलाई पुन सुचारु गर्दै आज कासिटारमा नेकपा नुवाकाेटले प्रेम तामाङकाे अध्यक्षतामा ९३ सदस्यलाई शपथ गराएकाे छ। नेकपा एकता टुंग्याउने क्रममा बेलकोटगढीको कमिटिले पूर्णता पाएसँगै नयाँ पदाधिकारी र सदस्यहरुले मंगलबार शपथ लिएका बेलकाेटगढी नगरपालिकाका ईन्चाज सुर्दशन नेपालले जानकारी दिनुभयाे। उहाँका अनुसार बेलकोटगढि-८ कासिटारमा आयोजित कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विमला सुवेदी प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए भने कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा , नुवाकाेट २ का संघीय सांसद नारायण प्रसाद खतिवडा, बागमती प्रदेश नेकपाका प्रमुख सचेतक प्रदेश सचिवालय सदस्य केशव पाण्डे, प्रदेश सांसद बद्रि मैनाली, पूर्व सांसद राजेन्द्र लोहनी, बेलकाेटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनाल लगायत नेताहरुले आफना धारणा राखेका थिए ।


मंगलवार, भाद्र ३० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार