मनाेनयन गरिएका नेविसंघ संयाेजक पद अवैधानिक अध्यक्ष र सचिव कारबाहीमा


नुवाकाेट-नेपाली काँग्रेसकाे भातृ संगठन नेविसंघ नुवाकाेटका अध्यक्ष र सचिव द्वारा मनाेनित गरीएका १२ स्थानियतहका नेविसंघ संयाेजकहरु अवैधानिक रहेकाे भन्दै क्षेत्रीय कार्यसमितिले आज विज्ञप्ति निकालेकाे छ। नेविसंघ क्षेत्रीय कार्यसमिति साविककाे-१,२ र ३ ले आज सयुक्त प्रेस विज्ञप्ति प्रकाशीत गर्दै पालिका संयाेजक चयन गरिएकाे बिषयलाई भ्रमपूर्ण र पञ्चायती शैलकाे पराकाष्ट भन्दै बिराेध तथा असन्तुष्टी जनाएकाे छ। जिल्ला कमिटिकाे वैठक भेलाविना नै आएकाे नियुक्ति र चयन गरिएका संयाेजकहरु अवैधानिक रहेकाे समेत विज्ञप्तिमा लेखिएकाे साविक-३ का क्षेत्रीय सभापति बिजय गुरूङले जानकारी दिनुभयाे। गुरुङका अनुसार नेविसंघ केन्द्रीय कार्यलय, नेपाली काँग्रेस जिल्ला कार्यसमित र नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं-१ र २ लाई बाेधार्थ दिएकाे विज्ञप्तिमा सबै नेविसंघ आवद्व साथीहरुलाई भ्रमपूर्ण र गुटगत मनेनितकाे भ्रममा नपरी अधिवेशनकाे तयारीमा लाग्न अनुराेध समेत गरेका छन्। साथै अनुशासन हिन र बिधान विपरीत कार्य गर्ने अध्यक्ष र नि.सचिवलाई विज्ञप्तिमा कारबाहीकाे माग समेत गरिएकाे छ।


मंगलवार, भाद्र ३० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार