पाेष्टबहादुर वाेगटीकाे छैठाै स्मृति दिवस मनाईयाे


प्रदिप कुमार भट्ट
पिपलटार-तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का उपाध्यक्ष पाेष्टबहादुर वाेगटीकाे छैठौं स्मृति दिवस सम्पन्न भएकाे छ। पेष्टबहादुर बाेगटी स्मृति प्रतिष्ठान नुवाकाेट शाखाकाे आयाेजनामा आज विदुर नगरपालिका-५ स्थित पाेष्टबहादुर बाेगटी स्मृति पार्क पिपलटारमा छैठौं स्मिति दिवस मनाईएकाे थियाे। साेही प्रतिष्ठान शाखा नुवाकाेटका अध्यक्ष पुष्प लामिछाने अरुणकाे अध्यक्षता भएकाे कार्यक्रमकाे  प्रमुख आतिथ्यता नेकपाका केन्द्रीय सदस्य बिमला सुवेदीले गर्नुभएकाे थियाे।साे कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष तथा बागमति प्रदेश सभा सदस्य हिरानाथ खतिवडा, नेकपा बागमति प्रदेश सदस्य बिन्दा ढुङ्गाना,सुर्य बहादुर कडेल,सुभद्रा नेपाल,नेकपा जिल्ला कार्यलय सदस्य बुद्वी प्रधान,धर्म अधिकारी, विदुर नगरपालिका प्रमुख एवं साेही स्मृति प्रतिष्ठानका सल्लाहकार संयाेजक सन्जु पण्डित,विदुर नपा उपमेयर गिता कुमारी दाहाल लगाएतले दिवंगत वाेगटीकाे त्याग,निष्ठा र समर्पणकाे बारेमा चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
नुवाकाेटकाे साबिक तुप्चे गाविस-२ भित्रिनिटार हाल विदुर नगरपालिका-७ मा वि.स २०१० सालमा बुवा भैरवबहादुर वाेगटी र आमा लेखकुमारी वाेगटीकाे काेखवाट जन्मनु भएका  वाेगटी सानै उमेरदेखि सामाजिक सेवा र राजनितिमा सक्रिय थिए। गाउँमा रहदा किसान आन्दोलन मार्फत गरिव र उत्पिडित हरुकाे सेवामा रहनु भएका नेता वाेगटि जनयुद्ध का सस्थापक केन्द्रीय नेतृत्वमा रहनुभएकाे थियाे।जनयुद्धकाे सफल याेजनाकार र कुसल संगठक वाेगटि (क दिवाकर)काे नाममा चिनिनुहुन्थ्याे। ०६२/०६३ सालकाे जनआन्दाेलनकाे सफलतासँगै २०६४ सालकाे संविधानसभा निर्वाचनमा नुवाकाेट क्षेत्र नं.३ वाट बिजयी भएका थिए। संबिधानसभाका सदस्य हुदै एकीकृत नेकपा माओवादीकाे तर्फवाट संबिधानसभामा प्रमुख सचेतक समेत हुनुभएका वाेगटी झलनाथ खनाल नेतृत्वकाे सरकार हुदाँ सञ्चार मन्त्रालय सम्हाल्नु भएकाे थियाे। वाेगटी वि.स ०७१ साल भदाै-३० गतेका दिन उच्च रक्तचाप र मस्तिष्क घातकका कारण दिवंगत हुनभएकाे थियाे।


मंगलवार, भाद्र ३० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार