नेपालकाे राष्ट्रिय झण्डा जलाउने ग्यालजेन दोर्जे तामाङ पुर्पक्षका लागि जेल चलान


काठमाडौं: म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान भएका छन् । ग्यालजेन दोर्जे तामाङलाई न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतको आदेशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ । सो आरोपमै पक्राउ परेका मध्ये ३ जना पन्ध्र–पन्ध्र हजार धरौटी तिरेर तारेखमा छुटेका छन् भने पाँच जनालाई साधारण तारेखमा छाडिएको छ । चौबिस भदौमा नौ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । ‘मंगोल होप अफिसियल’ नामक युट्युव च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो गीत सार्वजनिक गरिएपछि उनीहरु पक्राउ परेका थिए ।


सोमबार, भाद्र २९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार