विदुरमा चित्रकार र किस्पाङमा लामा सहित १२ स्थानियतहमा नेविसघंका संयोजक चयन


नुवाकोट–नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति नुवाकोटले आज किस्पाङ गाउँपालिकामा सरोज लामा सहित नुवाकोटको–१२ स्थानियतहमा बिद्यार्थी संयोजक चयन गरेको छ । नेपाल बिद्यार्थी संघको विद्यान २०२७ को सातौ संसोधन २०७५ बमोजिम बिद्यार्थी संघको नयाँ अधिवेशन नहुदाँ सम्मको लागि जिल्लाको १२ वटै स्थानियतहमा बिद्यार्थी संयोजक मनोनयन गरिएको नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति नुवाकोटका सचिव शंकर पाण्डेले जानकारी दिनुभएको छ । सचिव पाण्डेका अनुसार दुई नगरपालिका र दश गाउँपालिकामा मनोनयन गरिएका बिद्यार्थी संयोजकहरुले बिद्यार्थीको हक अधिकार र स्वतन्त्रताको लागि सधै आवाज उठाउने बिश्वासका साथ अगाडी बढ्ने जानकारी दिनुभयो ।
सचिव पाण्डेले किस्पाङ गाउँपालिकामा सरोज लामा, विदुर नगरपालिकामा निरज चित्रकार, बेलकोटगढी नगरपालिकामा कृष्ण पुडासैनी, तारकेश्वर गाउँपालिकामा दिपेश ढकाल, शिवपुरी गाउँपालिकामा अभियान आर्चाय, सुर्यगढी गाउँपालिकामा सुदिप अधिकारी, लिखुँ गाउँपालिकामा सुदिप पाण्डे, तादी गाउँपालिकामा आकृती खनाल, दुप्चेश्वर गाउँपालिकामा सरोज जगं थापा, ककनी गाउँपालिकामा बिजय ढुगांना, म्यागङ गाउँपालिकामा कामन तामाङ लामा र पञ्चकन्या गाउँपालिकामा बिनय खतिवडा सहित १२ जना बिद्यार्थी संयोजक चयन गरीएको उहाँले बताउनु भयो ।
त्यस्तै, मनोनयन भएका किस्पाङ गाउँपालिका बिद्यार्थी संयोजक सरोज लामाले हाल क्रियाशिल रहेका बिद्यार्थी संगठनहरुमध्ये सबैभन्दा पुरानो बिद्यार्थी संगठन हो नेपाल बिद्यार्थी सघं रहेको बताउनु भयो । संयोजक लामाले तबत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफनो बहुदलीय एजेण्डालाई स्थापना गराउने उदेश्यले आफनो विचारसँग सहमत बिद्यार्थीहरुलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल बिद्यार्थी संघको स्थापना वि.सं २०२७ सालमा गरिएको बिषयलाई सम्झदै शैक्षिक क्षेत्रमा सधै बिद्यार्थीका अधिकारको लागि आवाज उठाईरहने बताउनु भयो ।
विदुर नगरपालिका बिद्यार्थी संयोजक निरज चित्रकारले राजनीतिक दलहरुले असल र शिक्षित नेता उत्पादनकोरुपमा आफना बिद्यार्थी संगठनलाई लिने गरेको जानकारी दिनुभयो । चित्रकारका अनुसार बिद्यार्थी आन्दोलनवाटै आएका नेताहरु आज हरेक बिभिन्न पार्टीका निर्णायक स्थानमा रहेको र शैक्षिक क्षेत्रमा अव्वल रहेको उदारणहरु हजारौ रहेको जानकारी दिनुभयो । आफु संयोजक बनिरहदाँ शिक्षा प्रणालीमा बिद्यार्थीका लागि आवश्यक शैक्षिक गुणस्तर योग्य शिक्षाको बिषयमा आफनो पहलवाट हुने सबै बिषयहरुमा लगनशिल भई अगाडी बढ्ने बताउनु भयो ।


सोमबार, भाद्र २९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार