नेकपा विदुर नगरकमिटिकाे सपथ ग्रहण सम्पन्न


नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विदुर नगर कमिटीको सपथ ग्रहण सम्पन्न भएकाे छ । नुवाकाेटका सवै पालिका कमिटीहरू घोषणा भएर सपथको तयारी गर्दागर्दै कोरोनाकै कारण राेकिएका सपथग्रहण अहिले सुरू भएको छ । नुवाकोटमा कोरोनाको संक्रमण सुस्ताएकाे आभास भएपछि नुवाकाेट नेकपाले पालिका कमिटीहरूको सपथ ग्रहणको कार्यक्रमहरू जारी राखेको नेकपा नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेशसभाका सदस्य हिरानाथ खतिवडाले जनाकारी दिए ।खतिवडाका अनुसार शनिवार विदुर नगर कमिटीका सदस्यहरूले सपथ गरेका छन्।राजकुमार श्रेष्ठ को नेतृत्वमा रहेको ९० सदस्यीय कमिटीको सपथ ग्रहण सम्पन्न भएको खतिवडाले बताए ।
सपथ कार्यक्रमकाे प्रमुख आतिथ्यता नेकपा वागमति प्रदेशका सहईन्चार्ज तथा नुवाकाेट क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य हित वहादुर तामाङ ले गर्नुभएकाे थियाे। कार्यक्रम मा केन्द्रीय कमिटि सदस्य तथा वागमति प्रदेश का समाजिक विकास मन्त्री युवराज दुलाल,केन्द्रीय सदस्य विमला सुवेदी ,पार्टि अध्यक्ष तथा प्रदेश सभा सदस्य हिरानाथ खतिवडा,प्रतिनिधि सभा सदस्य तथा पार्टि सचिव नारायण प्रसाद खतिवडा, नेकपा बागमती प्रदेश कमिटीका सदस्य एवं बागमती प्रदेशसभाका सदस्य केशवराज पाण्डे,,बागमती प्रदेश कमिटीका सदस्य रामशरण प्याकुरेल, सुर्य वहादुर कडेल,पुष्प लामिछाने,ठाकुर गजुरेल नेतृहरू विन्दा ढुंगाना, सुभद्रा नेपाल,वागमति प्रदेश सभा सदस्य तथा नेकपा कार्यालय सदस्य वद्रि मैनालि युवा नेता तथा नेकपा नुवाकाेट कार्यालय सदस्य बुद्धि वहादुर प्रधान ,नेकपा २ न क्षेत्रिय संयाेजक राजकुमार रेग्मी ,विदुर न पा मेयर सन्जु पण्डित लगायतका नेताहरूले आआफ्नाे धारणा राखेका थिए। कार्यक्रम नेकपा काे वान्द्रे स्थित सहिद स्मृति सभाहलमा सम्पन्न भएकाे थियाे।


शनिबार, भाद्र २७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार