म्यागङ गाउँपालिका कमिटिकाे सपथ सम्पन्न, सयाै काङ्ग्रेस कार्यकर्ता नेकपा प्रवेश


नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को म्यागङ् गाउँ पालिका कमिटीको सपथ ग्रहण सम्पन्न भएकाे छ । नुवाकाेटका सवै पालिका कमिटीहरू घोषणा भएर सपथको तयारी गर्दागर्दै कोरोनाकै कारण राेकिएका सपथग्रहण अहिले सुरू भएको छ । नुवाकोटमा कोरोनाको संक्रमण सुस्ताएकाे आभास भएपछि नुवाकाेट नेकपा ले पालिका कमिटीहरूको सपथ ग्रहणको कार्यक्रमहरू जारी राखेको नेकपा नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेशसभाका सदस्य हिरानाथ खतिवडा ले जनाकारी दिए ।खतिवडाका अनुसार शुक्रबार म्यागङ गापालिका कमिटीका सदस्यहरूले सपथ गरेका छन । बुद्धि बहादुर तामाङको नेतृत्वमा रहेको ७५ सदस्यीय कमिटीको सपथ ग्रहण सम्पन्न भएको खतिवडाले बताए ।
सपथ कार्यक्रममा खतिवडा सहित नेकपा नुवाकोटका सचिव एवं संघिय संसदका सदस्य नारायण खतिवडा, नेकपा बागमती प्रदेश कमिटीका सदस्य एवं बागमती प्रदेशसभाका सदस्य केशवराज पाण्डे, वागमति प्रदेशसभा सदस्य वद्रि मैनालि ,बागमती प्रदेश कमिटीका सदस्य रामशरण प्याकुरेल, नेतृहरू विन्दा ढुंगाना, सुभद्रा नेपाल,युवा नेता तथा नेकपा नुवाकाेट कार्यालय सदस्य बुद्धि प्रधान लगायतका नेताहरू उपस्थित रहेका थिए ।
साथै सपथग्रहण कार्यक्रम मा विभिन्न पार्टि परित्याग गरि करिव तीन दर्जन नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरेका छन। म्यागङ गाउँ पालिका वार्ड न ०५ का निर्वाचित वडा सदस्य तथा काङ्ग्रेस नेता देविचरण खड्का सहित करिव तीन दर्जन कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन। नेकपा काे विचार र समृद्धि काे यात्रामा अनवरत रुपमा लागेर आफ्नाे राजनितिक जीवन चलाउन आफू नेकपा प्रवेश गरेकाे खड्का ले वताउनु भयाे।प्रवेश कार्यक्रम मा परिवार दल का जिल्ला उपाध्यक्ष वुद्धिमान वाईवा काे टिम पनि नेकपा प्रवेश गरेकाे नेकपा जिल्ला कार्यालय सदस्य तथा स्थानिय तह विभाग प्रमुख बुद्धि वहादुर प्रधानले जानकारि दिनुभयाे। नव प्रवेशिहरुलाई नेकपा का अध्यक्ष तथा वागमति प्रदेश सदस्य हिरानाथ खतिवडा,प्रतिनिधिसभा सदस्य तथा जिल्ला सचिव नारायण प्रसाद खतिवडा, वागमति प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक केशव पाण्डे,वागमति प्रदेश सभा सदस्य वद्रि मैनालि लगाएतका नेताहरुले टीका लगाई स्वागत गरेका थिए।


शुक्रबार, भाद्र २६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार