काँग्रेसवाट निर्वाचित गापाअध्यक्षले कुहिएको औषधी वितरण गरेकोभन्दै बिरोध



नुवाकोट–“स्वास्थ्यमा राजनिती गर्न पाईदैन म्यागङ सरकार चाहीदैन” भन्ने नारा लगाउदै नुवाकोटको म्यागङ गाउँपालिकामा मिती गुज्रेकाे र सडेगलेको औषधी बितरण गरेको भन्दै स्थानियहरुले आज स्थानिय सरकारकाे विराेधमा पालिका कार्यालयमा बिरोध जुलुस निकालेका छन् ।
औषधीको म्याद नाघेका र कुहिएको चक्कीहरु गाउँपालिकाको देउराली प्राथमिक स्वास्थ्य केन्द्रवाट वितरण गर्दै आईरहेको भन्दै आज स्थानियहरुले बिरोध जुलुस निकालेका छन् । स्थानियहरुलाई वितरण गरेको औषधीमा खराव देखिएको र खाँदा बिरामी परेकाले स्थानियहरुले आक्रोस व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष आशा तामाङले एकलौटीरुपमा कार्यालयलाई तहसनहस पारी आफना आसेपासे र कार्याकर्ताहरुको फाईदामा नियम विपरीत र स्थानियहरुसगं केहिसल्लाह नगरी काम गर्ने गरेको भन्दै आज गाउँपालिका घेराउ गरेको स्थानियहरुले जानकारी दिएका छन् ।
स्टोर गरिएको औषधी राख्ने ठाउँको मापदण्ड पुरा नहुदा औषधी कुहिएर गुणस्तरहीन भएकोे स्थानिय छेपन तामाङले जानकारी दिएका हुन् । तामाङ आफैले औषधी खाँदा बिरामी परेको वताएका छन।औषधीमा गुणस्तर नभएकाले खान नहुने सोही स्थानका स्वास्थ्य कर्मी बैदेवी हमालले जानकारी दिएपछि स्थानीयहरुले गाउँपालिकाले मिती सकिएको र सडेगलेको औषधी सोजासाझा गाउँलेलाई वितरण गरेको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध नारा बाजी र बिरोध जुलुस निकाली गाउँपालिका कार्यालय घेराउ गरेको उहाँले बताउनु भयो ।
सोही स्थानका स्थानीयबासी काजीमान डंगोलले आफना कार्यकर्ताहरुलाई पाल्नका लागी गाउँपालिका कार्यालयमा कोठा हुदाँहुदै नियम विपरीत निजिघरमा औषधी राखी आफना कार्यकर्ताको घरलाई भाडा बापत महङ्गाे पैशा तिरेर गाउँपालिका अध्यक्षले मनोमानी गरेको आरोप समेत लगाएका छन् । उहाँले मानिसको स्वास्थ्यसंग खेलवाड गरी कुहिएको औषधी विरतण गर्ने स्वास्थ्य कार्यालय र गापा अध्यक्ष तामाङलाई कारबाही हुनपर्ने माग समेत राखेको बताउनुभयो ।
गुणस्तर नभएको औषधी खाननहुने सल्लाह दिने स्वास्थ्य कर्मी बैदेवी हमाललाई गापाको कुरा र गुणस्तरहिन औषधीको सत्य कुरा स्थानियहरु माझँ बाहीर ल्याएको भन्दै गापाका अध्यक्ष आशा तामाङले जागीर छाड्न धम्की समेत दिएको स्थानियहरुले जानकारी दिएका हुन् । केहि महिना अगाडी गाउँपालिका कार्यालयले गरेको गलत काम र बजेट हिनामीना गरेको भन्दै स्थानियहरुले बिरोध गरेपछि ढाकछाेपकाे लागि कार्यालयको महत्वपुण कागजपत्र राखीएको स्टोर कोठामा जानीजानी गाउँपालिकाले आगजानी गरेकाे विषय समेत बाहीर आउनुपर्ने माग सहित नारा लगाएको स्थानियहरुले बताएका छन् ।


बिहीबार, भाद्र २५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार