अबैध बालुवा ओसार पसार गर्ने टिप्पर कारबाहीमा


नुवाकोट–अबैध नदिजन्य पदार्थको उत्खनन् तथा ओसार पसारमा संलग्न सवारी साधनलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ । बेलकोटगढी नगरपालिका–७ स्थित मकैघारीमा त्रिशुली नदीको किनारमा अबैध रुपमा उत्खनन् गरिएको बालुवा लोड गरिरहेको अवस्थामा प्रहरीले फेलापारी आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समिति नुवाकोटमा पठाईएको हो । नियन्त्रणमा लिइएका सात टिप्पर र तीन आईचरलाई सोमवार जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक अनिल पण्डितको नेतृत्वमा खटिएका प्रहरी टोलीले अबैध बालुवाको गाडी नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको गाडीहरुलाई कारबाहीको लागि जिससमा पेश गरिएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णुहरि फुयाँलले जानकारी दिनुभयो । प्रहरी निरीक्षक फुयाँलका अनुसार ०७७ जेठ २८ गतेका दिन जिल्ला भित्रका नदिजन्य पदार्थको उत्खनन् तथा ओसार पसार र प्रयोग सम्बन्धिका बिषयमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकमा भएका निर्णयअनुसार असार १ देखि भदौ मसान्त सम्म तीन महिना नदिजन्य पदार्थको उत्खनन् र संकलन गर्न प्रतिबन्ध लगाईएकोमा उक्त निर्णयको बर्खिलाप गरी नलिजन्य पदार्थ संकलन र ओसार पसार गर्ने टिप्पर र आईचरलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिगि कारबाहीको लागि जिससमा पठाईएको उहाँले बताउनु भयो ।


बुधबार, भाद्र २४ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार