नेकपा तारकेश्वरले खुवायाे सपथ


नुवाकाेट-नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे तारकेश्वर गाउँ कमिटिले आज एक कार्यक्रमकाे आयाेजना गरि आफ्ना गाउँ कमिटिका सदस्यहरुकाे सपथ ग्रहण गराएकाे छ। गाउँ कमिटि अन्तर्गतका २,३ र ४ वडा भित्रका सदस्यहरुकाे सपथग्रहण कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष एंव प्रदेश संसद हिरानाथ खतिवडा,संघिय संसद तथा पार्टि सचिव नारायण प्रसाद खतिवडा, नेकपा पार्टि कार्यालय सदस्य बुद्धि प्रधान नेताहरु हरि अधिकारी रामहरि न्याैपाने ,गाउँ कमिटि अध्यक्ष,उपाध्यक्ष,ईन्चार्ज सह-ईन्चार्ज गाउँपालिका अध्यक्ष,उपाध्यक्ष ,वडा अध्यक्षहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे।
लकडाउन र काेरनाका कारण सुस्ताएका पार्टि गतिविधिहरु बिस्तारै चलाएमान हुँदै गएकाे नेकपा नुवाकाेटले जनाएकाे छ। काेरनाका कारण १,५ र ६ वडा का सदस्यहरुकाे सपथ केहिदिन अघि सम्पन्न भएकाे थियाे।


आईतवार, भाद्र २१ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार