नुवाकोट – नुवाकोट विदुर नगरपालिकामा काँग्रेस पार्टी परित्याग गरी युवाहरु नेकपा प्रवेश गरेको छ ।
नेकपावाट निर्वाचित जनप्रतिनिधिहरुले नगरमा जनताप्रति गरेका राम्रा काम र विकास निर्माणमा दिएका याेगदानहरुलाई सम्मान गर्दै काँग्रेस त्यागी नेकपामा आएकाे युवाहरुकाे भनाई रहेकाे छ। विदुर नगरपालिका वडा नम्बर २ का दुई जना, वडा नम्बर ८ का २६ जना, वडा नम्बर ९ का ६ जना र वडा नम्बर १३ का १८ गरी ५२ जना सदस्य नेपाली काँग्रेस तथा बिभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको नेकपा नुवाकोटले जनाएको छ ।
शनिबार नेकपा नुवाकोटको कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेकपा प्रवेश गराइएको हो ।
नेपाल कम्युनिस्ट पार्टी नुवाकोटका अध्यक्ष एवम् सांसद हीरानाथ खतिवडा र सासंद नारायणप्रसाद खतिवडाले उनीहरुलाई टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।कार्यक्रममा विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले विभिन्न पार्टी परित्याग गरि आएका युवाहरुलाई धन्यावाद दिदै नेकपा प्रतिकाे बिश्वासलाई मर्न नदिने प्रतिवद्वता समेत व्यक्त गरेका थिए।
शनिबार, भाद्र २० २०७७ मा प्रकाशित