कोरोना भाईरस भन्दा बलिया वडा अध्यक्ष र शिक्षकको रमाईलो भोज कार्यक्रम


नुवाकाेट-जिल्ला संकट व्वस्थापन समितिले गरेको निर्णयलाई एक वडा अध्यक्ष र शिक्षकले धोती लगाईदिएका छन् । तादी गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष केशव थापा र वडा नम्बर ५ मा अवस्थित बिज्ञान माध्यामिक बिद्यालयका शिक्षक ऋषिराम खनालले धोती लगाईदिएका हुन ।
कोरोना भाईरसको महामारीका कारण समुदाय स्तरमै संक्रमितहरु देखिन थालेपछि संकट व्वस्थापन समितिको बैठकले जिल्लाका बिभिन्न स्थानमा गरिएको बन्दाबन्दीको उल्लघन गर्दै वडा अध्यक्ष र शिक्षक सहितको जम्बो टोलीले २ रात्री सहित ३ दिने भोज लगाएका थिए । त्यो पनि छिमेकी जिल्ला रसुवा पुगेर । उक्त समयमा भोजको आयोजना गर्ने वडा अध्यक्षको गाँउपालिका पनि शिल्ड गरिएको थियो ।
कोरोना भाईरसको माहामारीको समयमा नागरिकलाई सचेत गराउने प्रभुत्व वर्गकोनै बाटो हगुवा शैलीको कारण अन्य नागरिकहरुमा त्रास छाएको छ ।
समाचार श्रोतका अनुशार तादी गाँउपालिकाको वडा नम्बर ६ नर्जामण्डपमा रहेको सिताधर्म आधारभुत बिद्यालयको नयाँ भवन निर्माणको लागी आएको ७० लाख रुपैयाँ बराबरको ठेक्का प्रक्रिया मिलाउन आफ्ना नजिकका साथिभाई सहितको ३ दिने भोजको आयोजना गरी एक आईचर गाडी रिजर्भ गरेर रसुवा पुगेको जनाईएको छ ।
कोरोना भाईरसबाट सुरक्षित रहनको लागी रसुवा जिल्लाले अन्य स्थानका नागरिकहरुलाई रसुवा प्रवेशमा गरिएको कडाईलाई समेत उल्लघन गरेर ३ दिनसम्म भोज लगाईएकोमा रसुवाको सुरक्षालाई समेत चुनौती थपिएको छ ।
नागरिकहरुको सुरक्षाको लागी सरकारले गरेको निर्णयको बर्खिलाप गर्दै आयोजना गरिएको भोज स्थलको वडा अध्यक्ष आफैले लाजै नमानी सामाजिक सञ्जालमा फोटो पोष्ट्याउनुभएको छ । वडा अध्यक्ष थापाले भोजको लागी खसी खरिद गर्दे गर्दाको फोटोपनि सामाजिक सञ्जालमा पोष्ट्याउनुभएको छ । यस बिषयमा रसुवा र नुवाकोट दुवै जिल्लाका प्रशासन भने बेखबर भएको छ । वडा अध्यक्ष थापा नेपाली काँग्रेसबाट निर्बाचित हुन भने र शिक्षक खनाल नेपाली काँग्रेसका गाँउ स्तरका नेता हुन ।


बिहीबार, भाद्र १८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार