जालपा मन्दिर सरसफाई गर्दै जालपा क्लव


देविघाट-विदुर नगरपालिका-५स्थित ऐतिहासिक तथा धार्मिक क्षेत्र जालपा मन्दिर परिसरमा सरसफाई गरिएकाे छ।
देविघाटमा रहेकाे धार्मिक स्थलमा वर्षाका कारण तादि र त्रिशुलिले वगाएर ल्याएकाे लेदाे माटाे र वालुवाले मन्दिरका सवै मुर्ति हरु पुरेकाेले केही समय देखि बाहिर वाटै पुजाआजा गरिदै आएकाे थियाे। तादि र त्रिशुलि खाेलाकाे वाढिले हरेक वर्ष मन्दिर परिषर पुरिदा भक्तजनहरुले वाहिरै वाट पुजा गर्ने व्याध्यता लाई हटाउन मन्दिरकाे फाेहाेर लेदाे हटाईएकाे जालपा क्लवका अध्यक्ष दिपेश चित्रकारले बताए। चित्रकारका अनुसार हरेक वर्ष मन्दिर परिसरमा खाेला पसेर क्षति पर्याउदै गर्दा स्थायि राेकथामकाेकाे लागि तटबन्ध वनाउन हामी स्थानिय सरकार र प्रदेश सरकार संग अनुराेध गर्दछाै।विशेष गरि देविघाट वजार नै जाेखिममा रहेकाे अवस्थामा समग्र वजारलाई लक्षित गर्दै तादि र त्रिशुलि नदिमा स्थाई तटबन्ध वनाउने तर्फ ध्यान दिन पनि सराेकालाहरु लाई अनुराेध गरेकाे बताए। देविघाट जालपा क्लवकाे सरसफाई अभियानमा क्लवका पदाधिकारि,सदस्यहरु लगाएत स्थानिय युवाहरुकाे उपस्थिति रहेकाे थियाे।


मंगलवार, भाद्र १६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार