आफ्नै भतिजीलाई जबरर्जस्ती गर्न खोज्ने काका बिरुद्ध मुद्दा दर्ता


नुवाकोट–जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज आफ्नै भतिजीलाई जबरर्जस्ती गर्न खोज्ने काका बिरुद्ध करणी कसुर सम्बन्धी कसुर शिर्षकका मुद्दा दर्ता गरेको छ ।
जिल्लाको लिखु गाउँपालिका ५ स्थित कालिमाटी धारामा बस्ने १४ बर्षीया नाम परिबर्तित (लिखु–१) लाई सोही स्थानका ४५ बर्षीय सहोदर आफनै काकाले बालिका लुगा धोईरहेको अवस्थामा अचानक पछाडीवाट आई बालिकाको संवेदनशिल अंगमा समाउन खोजी अनैतिक क्रियाकलाप गर्न खोज्ने प्रतिवादीलाई प्रहरीले आज मुद्दा दर्ता गरेको छ । पिडित बालिकालाई निज प्रतिवादीले लछारपछार गरी कपडा खोल्न लागेको अवस्थामा बालिका भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनु भएको हो । प्रनाउ थापाका अनुसार पिडित बालिका भागेर आफुसंग भएको सबै घटना आफ्नो अभिभावकलाई भनेपछि परिवारले तत्कालै प्रहरीलाई खवर गरेको उहाँले बताउनु भयो । घटनाको खवर पाएपछि तत्काल जिल्लावाट खटिएको प्रहरीको टोलीले प्रतिवादीलाई खोज तलास गर्दा आफनै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरि सोही कार्यालयमा दाखिला गराई निज प्रतिवादीलाई जिल्ला अदालत नुवाकोटमा पेश गरी जबरजस्ती करणी उद्योगमा आज मुद्दा दर्ता गराएको बताउनु भयो । निज प्रतिवादीलाई पाँच दिनको म्याद थप गरि घटनाको अनुसन्धान भईरहेको समेत उहाँले बताउनु भयो ।


सोमबार, भाद्र १५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार