नुवाकाेट प्रहरीले पाँच हजार गाँजाको बोट नष्ट


नुवाकोट, जिल्ला प्रहरीले कार्यालय नुवाकोटले हाल सम्म बिभिन्न स्थानहरुमा फैलिएको अबैध लागुऔषध गाँजाको पाँच हजार बोट फडानी गरेको छ ।
जिल्लाको सुर्यगढी गाउँपालिका–१ स्थित लच्याङ र जोङ्डाँडामा बिभिन्न व्यक्तिहरुको आँगन तथा करेसाबारीमा प्राकृतिकरुपमा आफै उम्रियको करीव दुईरोपनी जग्गामा फैलिएको अन्दाजी ३५० बोट गाँजा प्रहरीले फडानी गरेकाे छ। साथै बेलकोटगढी नरगपालिका–९ स्थित सिरान टोल र पोख्रेल टोल वरिपरी र सडकको छेउछाउका भूभागमा रहेका चार रोपनी जग्गामा फैलिएको पाँचसय गाँजाको बोट फडानी गरेकाे जिल्ला प्रहरी कार्यलय नुवाकाेटका प्रहरी निरीक्षक बिष्णुहरि फुयाँलले बताउ भयाे। प्रहरी निरीक्षक फुयाँलका अनुसार विदुर नगरपालिका–२ स्थित सितापोखरी र तिनधारेमा दुईरोपनी जमिनमा फैलिएको गाँजाका ३५० बोट गरी जम्मा ८ रोपनीमा फैलीएको १२ सय बोट गाँजा फडानी गरेको उहाँले जानकारी दिनुभयो । प्रहरी निरीक्षक फुयाँल भन्नू।हुन्छ “जिल्ला प्रहरी कार्यालयका प्रहरी, सोही मातहतका स्थानमा रहेको ईलाका प्रहरी कार्यलय चोगते, प्रहरी चौकी बागखोरको सयुक्त टोली र स्थानियहरुको सहकार्यमा गाँजा फडानी गरीएकाे छ” उहाँले बताउनु भयाे।
उहाँकाे अनुसार चालू आर्थिक वर्ष ०७७÷७८ को हालसम्म जिल्लाका बिभिन्न स्थानहरुमा गरी २५.१ रोपनीमा फैलिएको ५ हजार गाँजाक बोट फँडानी गरि नष्ट गरिनुका साथै आगामी दिनमा कँही कतै फेरिपनि गाजाँ देखिएमा तत्काल प्रहरीले फडानी कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भयो ।


आईतवार, भाद्र १४ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार