गेर्खु बेत्रावती सडक खण्डका जग्गादाताले मुआव्जा पाउने भए


विदुर, गल्छि त्रिशुली मैलुंग स्याफ्रूबेशी रसुवागढी सडक आयोजना अन्र्तगत गेर्खु बेत्रावती सडकको खण्डमा रहेको जग्गा दाताहरुले अव मुअव्जा पाउने भएका छन् ।
नुवाकोट क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद खतिवडाले शुक्रवार विदुरमा पत्रकार सम्मेलन गर्दै गल्छि त्रिशुली मैलुंग स्याफ्रूबेशी रसुवागढी सडक आयोजना अन्र्तगत गेर्खु बेत्रावती खण्डमारहेको आमनागरिकहरुको जग्गापरेका हुनाले उनिहरुको अधिकार प्राप्तिका लागि स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकारका प्रतिनिधिहरु र सोही आयोजनाका प्रमुखको बिषेश पहलमा यहि भदौ–८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव स्तिरिय बैठक बसी सर्वोच्च अदालतको आदेशलाई पालना गर्दे प्रभावितहरुलाई मुअव्जा दिने निर्णय गरिएको उहाँले बताउनु भयो । सांसद खतिवडाले प्रभावित नागरिकका जग्गाको सडक केन्द्रवाट १५÷१५ मिटर दायँबायाँ ३० मिटर मध्येवाट कालोपत्रे सडकको ४.५ मिटर कटाएर २५ मिटरको जिल्ला स्तरीय मुअव्जा निर्धारण समितिले तोकेको दररेटमा मुअव्जा उपलब्ध गराउनका लागि सोही आयोजनालाई निर्देशन समेत दिएको उहाँले बताउनु भयो ।
त्यस्तै, बागमति प्रदेश सभा सदस्य केशब पाण्डेले गेर्खु बेत्रावती सडक खण्डको मुअव्जा सम्बन्धमा सर्वोच्च अदालतवाट साविक कायम भएको सडक नेपाल सरकारको भएको तर मुअव्जा दिएको प्रमाण नदेखिएकाले जिल्लाका स्थानिय, प्रदेश, संघिय सरकारका प्रतिनिधिहरुले सयुक्तरुपमा मुअव्जा दिनुपर्ने माग राख्दै आएका थियौ सोही मागलाई सम्वोधन गर्दै सर्वोच्च अदालतले मुअव्जा दिनु भन्ने आदेश दिएको छ । सोही आदेश कार्यान्वयन सम्बन्धमा प्रकृया अघि बढेको र सम्बन्धित आयोजनालाई विवाद सुल्झाउन निर्देशन दिएको उहाँले बताउनु भयो ।
बागमति प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले मुअव्जाकै सम्बन्धमा गल्छि त्रिशुली मैलुंग स्याफ्रूबेशी रसुवागढी सडक आयोजना अन्र्तगत पिपलटार देखि ढुङ्गे सम्म १५÷१५ कि.मि.र ढुङ्गे देखि बेत्रावती सम्म १०÷१० कि.मि.सडक खण्डमा २०३१ सालको सडक ऐनले सडक सिमा तोकेको सोही सडक सिमाभित्र रहेको जग्गाको मुअव्जा दिन नमिल्ने भनि सडक विभागमा निर्णय भएको थियो सोही निर्णयको खिलाप सर्वोच्च अदालतमा रिट परेको मध्ये गेर्खु बेत्रावती सडकको खण्डमा परेको जग्गादाताहरुले अव मुअव्जा पाउने सर्वोच्च अदालतले आदेश दिएको छ । त्यसमध्ये पिपलटार र ढुङ्गेका जग्गा दाताहरुको मुअव्जाको बिषयमा सर्वोच्चले पक्रिया अगाडी बढाईसकेको उहाँले बताउनु भयो ।
गल्छि त्रिशुली मैलुंग स्याफ्रूबेशी रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले सर्वोच्च अदालतको आदेश र स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकारका प्रतिनिधिहरु तथा जिल्ला प्रशासन कार्यलय नुवाकोटको पहल र समन्वयमा भएको निर्णयको पालना गर्दे गेर्खु बेत्रावती सडक खण्डमा रहको जग्गादाताहरुलाई मुअव्जा दिने आदेश रहेको उहाँले बताउनु भयो । प्रमुख भण्डारीका अनुसार गल्छि त्रिशुली मैलुंग स्याफ्रूबेशी रसुवागढी सडक खण्ड जम्मा –८२ कि.मि.मध्ये २१ कि.मि.मा कालोपत्रे सम्मपन्न भईसकेको साथै १० कि.मि.सडक सिमा छुट्याउन पर्खाल लगाउने र भिरहरुको कटिङकोकाम सम्पन्न भएको उहाले बताउनु भयो ।
प्रमुख भण्डारीले “निर्माण भईरहेको सोही सडक खण्ड भित्र निर्माण गर्नुपर्ने साना–ठुला गरी ३२ वटा पुल मध्ये १६ वटाको ठेक्का लागि ५ वटा पुल निर्माण सम्पन्न भईसक्नुका साथै ६ वटा पुलको निर्माण अन्तिम चरणमा रहेको छ भने ५ वटाको काम भइरहेको छ । बाकी १६ वटा पुलको भने यहि आर्थिक वर्षमा सर्वेडिजाईन भई खरिद प्रकृया अगाडी बढाई ठेक्का लागाउने योजना रहेको छ” उहाँले बताउनु भयो । आयोजना कार्यालयको तथ्याङक अनुसार गत आ.व ०७६÷७७ मा मुअव्जा क्षतिपूर्ति कुल अनुमानित लागत अनुसार ६ अर्व मध्ये ९९ करोड खर्चमा वित्तिय प्रगति–१७ प्रतिशत भई ५२ करोड विनियोजन गरी कुल जम्मा खर्च १ अरव ५० करोड वितरणमा २५ प्रतिशत वित्तिय प्रगति भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाको आगामि कार्ययोजनामा आ.व.०७७÷७८ मा गल्छि–त्रिशुली–मैलुंङ सडक खण्ड ४६ कि.मि., मैलुङ्ग स्याफ्रुवेशी सडक खण्ड २० मि.कि. को निर्माण कार्य शुरु भई उल्लेख्य प्रगति हुने योजना रहेको आयोजनाले जानकारी दिएको हो । स्याफ्रुवेशी–रसुवागढी सडक खण्ड मध्ये १७ कि.मि.को काम भने चिन सरकारवाट निर्माण हुने समेत आयोजना कार्यलयले जानकारी दिएको छ । आयोजानाको कुल अनुमानित लागतको जम्मा १५ अरव ५० करोडमा ४ अरव ३७ करोड खर्च हुदाँ २९ प्रतिशत प्रगति भएको आयोजनाको भनाइ रहेको छ ।


शनिबार, भाद्र १३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार