सांसद खतिवडाको हातको चिया


नुवाकोट– नुवाकोट क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद खतिवडालले शुक्रवार विदुरमा रहेको नेकपा पार्टिकार्यालय स्थित पत्रकार र कार्यकर्ताहरु संगको छलफल प्रश्चात निमन्त्रणामा आउने सबैलाई आफैले चिया वितरण गर्दे धन्यावाद व्यक्त गरेका छन् ।
आफनो निमन्त्रणलाई स्विकार गरी छलफलमा सहभागिता हुने पत्रकार, जनप्रतिनिधि, नेकपाका कार्यकर्ता लगाएत उपस्थित भएका नागरिकहरुलाई सांसद खतिवडाले आफैले चियाको किस्ती र नेकपा नुवाकोटका कार्यालय सदस्य नेता बुद्धी प्रधानले बिस्कोट बाड्दै स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए । जब सांसद खतिवडा र प्रधानले आफ्नो हातमा चिया बोग्दै सबैको कुर्सीमा पुगे एकछिन् सबै हेरर छक्क पर्दे अचम्मित भए । नुवाकोटका नागरिकले किन सांसद खतिवडा र प्रधानको बढी गुणगान गाउँछन् भन्ने बिषयलाई यस्तै क्रियाकलापहरुले प्रमाणित पार्ने गरेको उहाँँको यो स्वभावनै रहेको थियो । छलफलमा उपस्थित सबैले सांसद खतिवडा र प्रधानको हातवाट चिया र बिस्कोट लिदै धन्यावाद व्यक्त गरेको थिए । दुवैजना नेता खतिवडा र प्रधानको साधारण जिवन शैलि र अनुसाशित नम्र स्वभावकै कारण पनि नुवाकोटका नागरिकहरुको मन जित्न सफल भएको छलफलमा सहभागिहरुको भनाई रहेको छ ।


शनिबार, भाद्र १३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार