दश बेडको होल्डिङ आइसोलेसन सेन्टर व्यवस्थापनगर्न स्थानियतहलाई अनुरोध


नुवाकाेट- कोभिड–१९ संक्रमड समुदायस्तमा फैलिएसंगै नुवाकोटको शिवपुरी गाउँपालिकामा आज देखि निशेधाज्ञा जारी गरेसंगै जिल्लाको सबै स्थानियतहहरु लाई दश बेडको होल्डिङ आइसोलेसन सेन्टर व्यवस्थापन गर्न जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहिवार बसेको बैठकमा निर्णय गरिएको छ ।
जिल्लामा कोभिड–१९ संक्रमण समुदायस्तरमा फैलिन शुरु भईसकेको सन्र्दवमा होम आइसोलेसनको मापदण्ड नपुग्ने प्रकृतिका अनुरोध समेत गरेको आजको बैठकको निर्णय रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग (इडिसिडि) वाट प्राप्त सुचना अनुसार नुवाकोटको शिवपुरी गाउँपालिकामा ७ जना व्यक्तिहरुम कोभिड–१९ को संक्रमड देखिएपछि संक्रमड फैलिन नदिनका लागि उक्त गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम विहिवार साझँ ६ बजेदेखि सात दिनसम्मका लागि निशेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय नुवाकोटकमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले औषधी उपचार, खाद्य वस्तु खरिद, आफनै खेतवारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काम बाहेक कुनैपनि व्यक्तिहरु घरवाट निस्कन नपाउने निर्णय रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले जानकारी दिनुभएको छ । उहाँका अनुसार ए्म्बुलेन्स स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारी साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन मोटरसाईकल समेत सन्चालन हुन नपाउने बताउनु भयो । प्रजिअ ढकालले खाद्यन्न पसल बिहान ६ देखि १० बजे सम्म मात्र खोल्न पाउने निर्णय रहेको उहाँले जानकारी दिनुभयो । “यस गाउँपमलिकामा कोभिड–१९ रोकथामका लागि जारी निशेधाज्ञालाई कार्यन्वयन तथा सीमा नाकालाई थप व्यवस्थित बनाउन उक्त गाउँपालिकाको रोल्चे नाकामा सशस्त्र प्रहरी बल परिचालन गर्ने निणर्य समेत रहेको छ” उहाँले बताउनु भयो । उहाँले यहि भदौ ९ गते बसेको बैठकको निर्णयअनुसार जिल्ला भित्र सन्चालन हुने सार्वजनिक यातायात र निजी सवारी साधनको सन्चालन गर्न रोक लगाईएकोमा उक्त व्यवस्थाको कार्यान्वयनलाई थप कडाईका साथ प्रभाबकारी गराउने निर्णय रहेको बताउनु भयो ।


शुक्रबार, भाद्र १२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार