“प्रजिअ ढकालले” कार्यलयमा स्तनपान कक्ष र झोलुङ्गोकाे व्यवस्थापन गराएका छन्



रिजन प्रधान
नुवाकाेट-जिल्ला प्रशासन कार्यालय नुवाकोटले सुत्केरी र शिसु सहित प्रशासनीक कामका लागि आएका महिलाहरुलाई मध्य नजर गर्दै स्तनपान कक्ष र शिसुको लागि झोलुङ्गो व्यवस्थापन गरिएको छ ।
कार्यलयको कामका लागि बच्चा सहित आउने आमाहरुका लागि गोप्य स्तनपान गराउन र बच्चाहरुलाई सुताउनका लागि दुईवटा झोलुङ्गोमा सहजिलो होस भन्ने मूख्य उदेश्यले प्रशासन कार्यलय परिसद भित्र छुट्टै स्तनपान कक्ष र संगै झोलुङ्गोको व्यवस्थापन गरिएको छ । बच्चाको स्वास्थ्य अवस्था र जीवन सुनिश्चित गर्न स्तनपान सबैभन्दा बढी प्रभावकारी र सरल तरिका रहेकाले घरवाट प्रशासनिक काममा शिसु सहित आएका आमाहरुका लागि लक्षित गर्दै स्तनपान कक्षको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले जानकारी दिनुभएको हो ।
प्रजिअ ढकालका अनुसार कार्यलयमा आमाहरु बच्चा बोकेर आएका धेरै देखिएको हुन्छ तर स्तनपान गराउ र बच्चा सुताउनका लागि गोप्य ठाउहरु नहुदाँ बच्चाले आमालाई दुखदिने, रुने, कराउने जस्ता समस्यहरुको हल गर्नकै लागिपनि सो कार्यलयले आमा र बच्चा दुबैका लागि सहजिकरण गर्न यो व्यवस्थापन गरेको उहँले बताउनु भयो । “स्तनपान गराउदा बच्चा तथा आमाको लागि धेरैनै फाइदाहरु रहेका छन् । स्तनपान शिसुको लागि पूर्ण पौष्टिक आहार हो । यो सुरक्षित हुनुका साथै एन्टिबडीहरु समावेश भएकाले सफा हुन्छ जस्का कारण शिसुहरुलाई रोगवाट बचाउन सहयोग गर्दछ” उहाँले बताउनु भयो । उहाँले आमाको दूधलाई बच्चाको पहिलो खोप समेत भनिनुका साथै स्तनपानले ६ महिनासम्म बच्चाको लागि चाहिने सबै उर्जा र पोषण प्रदान गर्ने समेत बताउनु भयो ।
सो कार्यलय परिसद भित्र र कार्यलयका कामहरुमा प्रजिअ ढकाल आएसंगै परिर्वतन भएको छ । कार्यलयमा नागरिक सहायता कक्ष, दर्ता चलानी, सेवाग्राहीहरुका लागि निशुल्क इन्टरनेटको सुबिधा, स्यानीटाईजर र ज्वरो नाप्ने थ्रमोमिटर कार्यालयको गेटभित्रै, सेवाग्राहीहरुका लागि निशुल्क निवेदन र सेवा लिनको लागि पेश गर्नुपर्ने कागजातको फोटोकपी सेवा उपल्बध सकेत गरीएको कार्यलयका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार नयाँ आउनु भएका प्रजिअ ढकालले कार्यलयमा भएका अव्यवस्थित कार्यहरु र स्थानहरुलाई व्यवस्थितरुपमा सहजिकरण गरी प्रशासनको मुहारै फेरिदिन ुभएको बताउनु भयो । उहाँले जिल्लाका कार्यलयहरु मध्ये स्तनपान कक्ष र बच्चा सुताउने झोलुङ्गोको व्यवस्था गर्न प्रशासनवाट पहिलो सुरुवात गरेको बताउनु भयो । कोरोना संक्रमडका कारण तत्काल प्रशासनमा मानिसहरुको आवजजावत धेरै नभएका कारण यस कक्षमा सेवा लिने आमाहरु हाल आएका छैनन् । पछिका लागि सजिलो होस भनेर नै बिदाको समयमा निर्माण गरिरहेको बताउनु भयो । कार्यलयमा पुरानो वडापत्र हटाई नयाँ राखिएको र कोभिड–१९ बाट बच्ने बिभिन्न सन्देश मुलक सुचनाको बोर्ड, फोटो लगाएतको प्रचार टासिएको उहाँले बताउनु भयो ।


बिहीबार, भाद्र ११ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार