चितवनको आईसोलेसन कक्षवाट फरार कोरोना संक्रमित त्रिशुली अस्पतालमा


विदुर, चितवनको भरतपुर सरकारी अस्पतालको आईसोलेसन कक्षमा रहि फरार भएका कोरोना संक्रमित नुवाकोट स्थित त्रिशुली अस्पतालको आईसोलेसनमा भर्ना भएका छन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घरभई हाल चितवनको महानगरपालिकाको गाडीमा फोहोर उठाउने काम गर्दै आएका कोरोना संक्रमित १९ बर्षीय जोयल भन्ने सुनिल परियार चितवनको आईसोलेसन कक्षवाट मङ्गलवार बिहान ६ बजेको समयमा भागेर नुवाकोट आएका थिए । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थित दुईपिपल जाने बाटोको नजिक सुकौरा खोलाको किनारमा बसिरहेको अवस्थामा आज बिहान ९ बजेको समयमा नुवाकोट प्रहरीले फेला पारेका थिए ।
संक्रमित परियार हाल चितवनको महानगरपालिकाको गाडीमा फोहोर उठाउने काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बिष्णुहरि फुयाँलले जानकारी दिनुभएको छ । फुयाँलका अनुसार परियारको शनिवार पिसिआर रिर्पोट पोजेटिभ आएप्रश्चात थप उपचारका लागि चितवनको भरतपुर अस्पतालको आईसोलेसनमा राखिएकोमा उनि मङ्गवार बिहान भागेको उहाँले बताउनु भयो । संक्रमित परियारलाई नियन्त्रण गर्नका लागि कोल्पुटारको हेल्थ डेक्समा खवर गरी आवश्यक स्वास्थ्य र सुरक्षाका सामाग्री सहितको प्रहरी टोली गई सामाजिक दुरी कायम राखी सुरक्षाको मापदण्ड पालना गरी नियन्त्रणमा लिई थप उपचारको लागि त्रिशुली अस्पतालको आईसोलेसन कक्षमा राखिएको उहाँले बताउनु भयो । साथै स्वस्थ्य कार्यालय नुवाकोटको समन्वयमा संक्रमित परियारको व्यक्तिसगं हालसम्म सम्र्पकमा आएका व्यक्तिहरुलाई कन्ट्याक ट्रेसिङ्को कार्य अगाडी बढीरहेको समेत जानकारी दिनुभयो ।


बुधबार, भाद्र १० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार