श्रीमती कुटपिट गर्ने श्रीमान् बिरुद्धज्यान मार्ने उद्योगमा मुदा दर्ता


विदुर, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेबफाँटमा आफ्नै श्रीमतीलाई ज्यान मार्ने उद्देश्यले मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले ज्यान मार्ने उद्योगमा आज मुदा दर्ता गरेको छ ।
महादेबफाँटका ३७ वर्षीय पशुराम नेपालले श्रीमती सुमी घिमिरेलाई दैनिकैजसो पिट्ने र यातना दिने गरेको स्थानियहरुको भनाई रहेको छ । नेपालले श्रीमति घिमिरेलाई गए राती ११ बजेको समयमा सुतिरहेका अवस्थामा लात्ती, मुड्की तथा फलामको साबेलले समेत पटकपटक शरीरका बिभिन्न अंगमा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक पण्डितका अनुसार घाईते घिमिरेका दाजु ३७ बर्षिय किशोर घिमिरेले प्रतिवादी नेपाल बिरुद्धमा ज्यान मार्ने उद्योगमा आज जिल्ल प्रहरी कार्यालय नुवाकोटमा किटानी जाहेरी दिएको जानकारी दिनुभएको छ । प्रनि पण्डितले किटानी जाहेरी दिएपछि तत्काल जिल्लावाट खटिएको प्रहरी टोलीले प्रतिबादीको घर–ठेगानामा गई खोजतलास गर्दा लुकीछिपी महादेबफाँटमा बसेको अवस्थामा फेलापारी निजलाई कानुनबमोजिम पक्राउ पुर्जी दिई नियन्त्रणमा लिएको उहाँले बताउनु भएको छ । “पक्राउ परेका प्रतिबादी नेपाललाई कार्यालयमा दाखिला गराई जिल्ला अदालतमा पेश गरी ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराई घटनाको थप अनुसन्धान तथा कारबाहिका लागी पाँच दिनको म्याद थप गरीएको छ” उहाँले बताउनु भयो ।
नीज पिडित घिमिरेलाई नुवाकोट अस्पताल प्रालिमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ पठाईएको प्रनि पण्डितले जानकारी दिनुभएको हो ।


बुधबार, भाद्र १० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार