जादाजादै नुवाकाेटका एसपी काफ्लेकाे अर्काे नयाँ काम-प्रहरी पाेष्ट सिमुटारकाे नयाँभवन निर्माण सम्पन्न तथा कार्यलय स्थानान्तरण


नुवाकाेट- बिदुर नगरपालिका-१ स्थित सिमुटारमा अस्थाई प्रहरी पाेष्टकाे नवर्निमित भवन निमार्ण तथा स्थानान्तरण आज गरिएकाे छ।

सिमुटार क्षेत्रमा शान्ति सुरक्षार्थ विदुर नगरपालिका, वडा कार्यलय तथा स्थानियहरुको अनुरोधमा गत आ.व ०७२ साल असाेज २८ गते स्थापना गरिएको थियाे। यस कार्यालयको मातहतमा अस्थायी प्रहरी पोष्टलाई सुरुका दिनमा जस्ताले बारेको तथा जस्ताले नै छाएको टहरा निकै जिर्ण भई बस्न नमिल्ने अबस्थामा पुगेकाले जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुख अबिनारायण काफ्लेको सक्रियतामा बिदुर नगरपालिकासंग समन्वय गरी उक्त अ.प्र.पो.को लागी सिमुटार स्थितमामा रहेकाे १(एक) कठ्ठा क्षेत्रफल भएको सार्वजनिक जग्गा उपलब्ध गराएकाे प्रहरी प्रमुख काफ्लेले जमनकारी दिनुभएकाे हाे। प्रहरी प्रमुख काफ्लेका अनुसार बिदुर नगरपालिकाद्वारा बिनियोजित रु.(बाह्र लाख अठचालिस हजार) को लागतमा निर्माण कार्य आजदेखि सकिएकाे उहाँले जानकारी दिनुभएकाे छ। उहाँले भन्नू भयाे “यश नवनिर्मित भवनमा ब्लक र सिमेन्टले बनेको छ। जसमा जस्ताले छाएको तिन कोठे कार्यालय तथा ब्यारेक भवन बाथरुम र शौचालयको छुट्टै व्यबस्था भएको छ। निर्माण सम्पन्न भएकोले आजैदेखि उक्त भवनमा अ.प्र.पो.लाई स्थानान्तरण गरी दैनिक काम-कारबाही सम्पादन कार्य सुचारु गरिएको छ”। प्रहरी प्रमुख काफ्लेले प्रहरीकाे लागि भवन बनाउन सहयाेग गर्ने विदुर नगरपालिका कार्यलयका प्रमुख सन्जु पण्डित, १३ वटै वडाका वडा अध्यक्षहरु, स्थानियहरु र सम्बन्धित वडा-१ का वडा अध्यक्ष लेलिन रन्जितलाई धन्यावमद व्यक्त गरेका छन्। उहाँले नेपाल प्रहरीलाई यसैगरि माया र बिश्वास सबैले गरे प्रहरीले अझै धेरै जनताकालागि राम्रा काम गर्न सक्ने हिम्मत बढ्ने बताउनु भयाे।


मंगलवार, भाद्र ९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार