नुवाकोटमा थप सात दिन निशेधाज्ञा


विदुर, कोभिड–१९ संक्रमड समुदायस्तरमा फैलिएसंगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजफेरि थप सात दिनकालागि निशेधाज्ञा जारीगरेको छ ।
आज बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थानहरु र बिभिन्न नपा र गापाका स्थानहहरुमा कोभिड–१९ संक्रमण समुदाय र बस्तीहरुमा फैलिए पछि आम नागरिकको सुरक्षा र भाइरस नियन्त्रण गर्ने उदेश्यका साथ थप निशेधाज्ञा जारी गरेको प्रमुख जिल्ल अधिकारी झकंनाथ ढकालले जानकारी दिनु भएको हो । उहाँको अनुसार स्थानिय प्रशासन ऐन २०२८, को दफा ६ (३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम आज राती १२ बजेदेखि निशेधाज्ञा जारी गरिएको जानकारी दिनुभएको छ । प्रजिअ ढकालले निशेधाज्ञा जारी गरिएका स्थानहरु लिखुँ गाउँपालिका– ४, ५ र ६ नम्वर वडाका सम्पूर्ण स्थानहरु, तादी गाउँपालिका–३ र ५ नं. वडाको सबै स्थान, बेलकोटगढी नगरपालिका–५, ७, ८, १२ र १३ को सबै स्थान, ककनी गाउँपालिका–१, २, ४ र ६ का सबै स्थान, शिबपुरी गाउँपालिका–६, ७ र ८ का सबै स्थान, तारकेश्वर गाउँपालिका–२, ४ र ५ का सबै क्षेत्रहरुमा निशेधाज्ञा जारी गरिएको उहाँले बताउनु भयो । निशेधाज्ञा बाहेक जिल्लाको सम्पूर्ण भागहरु र विदुर नगरपालिकामा भने निशेधाज्ञा जारी नगरेतापनि प्रशासन र बैठकले तोकेअनुसारका नियम पालना खनुसार कार्याहरु गर्नुपर्ने जानकारी दिनुभएको छ ।
त्यस्तै, विदुर नगपालिकाका प्रमुख सन्जु पण्डितले जिल्ला भित्र सन्चालन हुने सम्पुर्ण यात्रु बाहक सार्बजनिक यातायत र निजी सवारी साधनहरुमा रोक लागाउनुका साथै मानिसहरुको भिडभाड र जमघट हुन नदिई अत्यावश्यक सेवाहरु मात्र सन्चालन हुने बताउनु भयो । उहाँका अनुसार अत्यावश्यक सेवाहरुमा जस्तै, खाद्यान्न, तरकारी, दुध, फलफुल, डेरी तथा माछा मासुको पसलहरु बिहान ६ बजेदेखि ९ बजे सम्म र साझँ ४ बजेदेखि ७ बजे सम्म मात्र सन्चालन गर्ने निर्णय भएको बताउनु भयो । उहाँले पसलहरुमा सामान बिक्री वितरण गर्दा सामाजिक दुरी कायम राद्यनु पर्ने समेत निर्णहरु भएको जानकारी दिनुभएको हो ।
जिल्लाका औषधी पसल, स्वास्थ्य संस्था तथा ऐम्बुलेन्स सेवाहरु २४ सै घण्टा सन्चालन गर्ने र कपडा तथा फेन्सी पसलहरु बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म मात्र सन्चालन गर्न पाउने निर्णहरु भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकिय अधिकृत धर्मराज भट्टले जानकारी दिनुभएको हो । उहाँले बैकं तथा बित्तिय संस्थाहरु र सहकारी संस्था बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सन्चालन गर्ने बताउनु भयो । उधोग कलकारखाना तथा विकास निर्माणका कार्याहरु स्थानियस्तरमा उपलब्ध सिमित संख्यामा कामदार परिचालन गरी कार्या सन्भालन गर्ने निर्णमा उल्लेख रहेको उहाँले जानकारी दिनुभएको हो । आजको बैठकले जिल्लाका होटेल तथा रेष्टुरेण्ड चियापसल, खजा पसल, मठ मन्दिर, गुम्वा र खेलकुदका खेलहरु, जिमखाना, ब्युटिपार्लर र सैलुन लगाएतकाका संस्थाहरु सन्चालन नगर्ने लगनएतका निर्णयहरु भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।


मंगलवार, भाद्र ९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार